गैर-आवासीय मधेशी संघ युएईको अध्यक्षमा मण्डल
यस्तै, सह अध्यक्षमा मदन यादवलाई सर्व सहमतिले चयन गरिएको हो । समितिको उपाध्यक्षमा सँतोष कुमार ठाकुरलाई चयन गरिएको हो । गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका मिडिया कोर्डिनेटर समेत रहेका ठाकुरलाई उपाध्यक्षमा चयन गरिएको हो । अन्य उपाध्यक्षहरुमा सुरेन्द्र यादव, सुरेश यादव, सचिन पासवान, सतेन्द्र यादव, चौ

२०७८ पुस २० मंगलबार, बिहान ९:४९ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, दुबई । विदेशमा मधेशी समुदायको छाता सँगठनको रुपमा रहेको गैर आवासीय मधेशी सँघ (एनआरएमए) को युएई अध्यक्षमा जगनारायण मण्डल चयन भएका छन् ।
युएईमा गठन भएको तेस्रो कार्य समितिको कार्यकालको लागि जगनारायण मण्डललाई युएईको अध्यक्षमा सर्व सहमतिले चयन गरेको हो ।
सोमबार सम्पन्न सँघको वृहत बैठकबाट ८९ सदस्यीय समिति कायम गरेको हो । विदेशमा रहेको मधेशीहरुलाई सहयोग गर्दै आएको गैर आवासीय मधेशी सँघको यूएईको नेतृत्व मण्डलले पाएका हुन् ।
यस्तै, सह अध्यक्षमा मदन यादवलाई सर्व सहमतिले चयन गरिएको हो । समितिको उपाध्यक्षमा सँतोष कुमार ठाकुरलाई चयन गरिएको हो । गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका मिडिया कोर्डिनेटर समेत रहेका ठाकुरलाई उपाध्यक्षमा चयन गरिएको हो ।

अन्य उपाध्यक्षहरुमा शम्भु महरा,सुरेन्द्र यादव, सुरेश यादव, सचिन पासवान, सतेन्द्र यादव, चौठी राय र पप्पु कुमार यादवलाई चयन गरिएको हो ।
समितिको पदाधिकारीहरुको नामावली यस प्रकार छन् :

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…