किसानको आन्दोलनले जसपाको टाउको दुखाई, किसानकै विरोधमा उत्रे जसपाका नेताहरु
सिरहा जिल्लाबाट सुरु भएको किसान आन्दोलन अहिले प्रदेश नम्बर २ को सबै जिल्लामा जारी छ ।

२०७८ पुस १७ शनिबार, बिहान ७:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अहिले प्रदेश नम्बर २ मा चलेको किसान आन्दोलनले जनता समाजवादी पार्टी (जसपा) नेपालको लागि टाउको दुखाई बनेको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनमा ऐक्यबद्धता जनाउँदै चरमोत्कर्षमा पुरयाएको आन्दोलनपछि जसपाका नेता कार्यकर्तालाई असहज भएको छ ।
किसानकै भोँट पाएर सत्तामा पुगेका जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले किसानको विरुद्ध जहर निकाल्ने कार्य निरन्तर गरिरहेका छन् । उनीहरुले किसान आन्दोलनलाई समेत डा. सिके राउतको आन्दोलनसँग जोडेर विरोधमै उत्रेका छन् ।
प्रदेश नम्बर २ मा जनमत पार्टीले प्रथम पटक किसानको लागि आन्दोलनको शँखनाद गरेका हुन् । कृषी प्रधान प्रदेश मानिएको प्रदेश नम्बर २ मा किसानहरुको वर्तमान हालातलाई मध्यनजर गर्दै जनमत पार्टीले किसानको समस्या समाधानको लागि आन्दोलनको शुभारम्भ गरेको छ ।
करिब डेढ सातादेखि निरन्तर आन्दोलनमा रहेको जनमत पार्टीले किसानको हकहितको लागि आवाज बुलँद गरेको छ । किसानहरुलाई पछाडी राखेर उनीहरुको तर्फबाट जनमत पार्टीले अगुवाई गरेको छ ।
किसानहरुको लागि निःशुल्क बिजुली सिँचाई, खाद्य मलको सुविधा, समयमा बीउको सुविधा, किसानलाई पहिचानपत्रको माग अगाडी बढाउँदै आन्दोलन थालेको हो ।
सिरहाको औरही गाउँपालिकामा किसानलाई सहज रुपमा गहुँको बीउ नदिएपछि किसानहरुले आफ्नो हकको गहुँको बीउ खोसेपछि जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली काँग्रेस, माओवादी, एमाले लगायतका राजनीतिक दलका नेताहरुलाई अपच भयो ।

किसानको आन्दोलन विरुद्ध जसपा प्रदर्शन गर्दै
किसानकै लागि आएको गहुँको बीउ सहज रुपमा नदिएपछि उनीहरुले गहुँको बीउ खोसेर लगेपछि किसानलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसपछि किसानहरुको लागि जनमत पार्टीले आन्दोलनको सुरुवात गरेको हो ।
सिरहा जिल्लाबाट सुरु भएको किसान आन्दोलन अहिले प्रदेश नम्बर २ को सबै जिल्लामा जारी छ । किसानको तर्फबाट आन्दोलन गर्दा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानमाझ मात्र नभएर प्रदेश २ को जनतामाझ लोकप्रियता पाएपछि जसपा विरोधमा उत्रेका हुन् ।
जनता समाजवादी पार्टीले विहिबार डा. सिके राउत नेतृत्वको जनमत पार्टी र सिके राउतको विरोधमा रयाली निकालेको थियो । किसान आन्दोलनको विरोध गर्दै जसपाले डा. सिके राउत विरुद्ध नारावाजी गरेका थिए ।
जनमत पार्टीले थालेको किसान आन्दोलनमा प्रदेश २ को विभिन्न जिल्ला सहित विदेशबाट पनि सहयोग पाइरहेको छ । यद्यपी, अझै यो मुद्दा देशव्यापी भएको देखिदैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…