किसानको समस्या समाधान नभए हामी चुप लागेर बस्दैनौः स्वाधीन किसान अधिकार मँच
उनीहरुले पुस १४ गते मालपोत कार्यालय लहानमा, १५ गते नापी कार्यालय लहान, १६ गते मालपोत कार्यालय सिरहा, १७ गते नापी कार्यालय सिरहा, १८ गते गोल पार्क लहान, १९ गते कटारी चौक मिर्चैया, २० गते गोल पार्क गोलबजार र २१ गते हेमनारायण चौक सिरहामा धर्ना दिने कार्यक्रम रहेको मँचका प्रमोद यादवले जानकारी दिए ।

२०७८ पुस १४ बुधबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । किसानहरुको हकहितको लागि बोल्ने स्वाधीन किसान अधिकार मँच जिल्ला कार्य समिति सिरहाले किसानको समस्या समयमै समाधानको माग उठाएका छन् ।
विभिन्न बुँदाको माग उठाउँदै मँचले सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले किसानको माग यथासमयमै हुनुपर्ने अडान राख्दै ज्ञापन पत्र बुझाएको हो ।
राज्यद्धारा किसानका हकहित र अधिकार विरोधी रबैयालाई कायमै राखिए र यथासमयमै किसानको सम्पूर्ण मागहरु, समस्याहरु समाधान नगरिए कृषीलाई नै एक मात्र जीवनधारा मान्ने मधेशका किसानहरु अब चुप लागेर नबस्ने चेतावनी दिएको हो ।
मँचको समूहले जिल्ला कृषि ज्ञान केन्द्र सिरहा, जिल्ला सहकारी सँघ र जिल्ला कृषि कार्यालयलाई बोद्यार्थ गर्दै १३ बुँदे माग अघि सारेका हुन् ।

उनीहरुले मलखाद्य, बीउ, किटनाशक औषधी, बिजुली र पेट्रोलिय पदार्थको सर्व सुलभ व्यवस्था हुनुपर्ने मल खादमा हुदैँ आएको कालोबजारी र अनियमितता पूर्ण रुपमा निषेध गर्नुपर्ने, किसान परिचय पत्र अनिवार्य रुपमा लागू गर्नुपर्ने, कृषिको लागि सिँचाईको समुचित व्यवस्था हुनुपर्ने, वैज्ञानिक कृषि बजार तथा उत्पादनको उचीत मूल्य निर्धारण गर्नुपर्ने, कृषि माफियालाई पूर्णत बन्द गर्ने लगायतका मागहरु अघि सारेका छन् ।
स्वाधीन किसान मँच सिरहाले सोही मागहरु पूरा गराउनको लागि आगामी पुस २१ गतेसम्म शान्तीपूर्ण धर्नामा बस्ने चेतावनी दिएको हो ।
उनीहरुले पुस १४ गते मालपोत कार्यालय लहानमा, १५ गते नापी कार्यालय लहान, १६ गते मालपोत कार्यालय सिरहा, १७ गते नापी कार्यालय सिरहा, १८ गते गोल पार्क लहान, १९ गते कटारी चौक मिर्चैया, २० गते गोल पार्क गोलबजार र २१ गते हेमनारायण चौक सिरहामा धर्ना दिने कार्यक्रम रहेको मँचका प्रमोद यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…