बीरगँजको मिना बजार डुबानमा
बिहिबार दिउँसो ३ बजेसम्म डुबानमा परेको मिना बजार अहिले पानीको निकास भएर सफा भएका छन् ।

२०७८ पुस १४ बुधबार, बेलुकी ६:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बीरगँज । प्रदेश नम्बर २ को आर्थिक नगरी बीरगँजको मिना बजार डुबानमा परेको छ । अबिरल बर्षाको कारण मिना बजार डुबानमा परेको हो ।
बुधबार रातीदेखि नै परेको अबिरल बर्षाको कारण विहिबार बीरगँजको मिना बजार डुबानमा परेको हो । पानीको निकास अधिकतम हुनुपर्नेमा निकास कम हुँदा डुबानमा परेको हो ।
सँचारकर्मी सौरभ साहका अनुसार, हिजो रातीदेखि नै परेको अबिरल बर्षाको कारण मीना बजार क्षेत्र डुबानमा परेको थियो ।
बिहिबार दिउँसो ३ बजेसम्म डुबानमा परेको मिना बजार अहिले पानीको निकास भएर सफा भएका छन् ।
मीना बजार डुबानमा पर्दा त्यहाँका व्यापारीहरुलाई असहज भएको थियो । पानीको निकास समयमा हुन नसक्दा बजार क्षेत्र प्रभावित बनेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…