७ बर्षको प्रेम सम्बन्ध, अभिभावक नमानेपछि ५०० को स्टाम लगाएर गाउँलेको सामुन्ने बिहे
प्रेमी र प्रेमिकाबीचको प्रेम सम्बन्ध सात वर्षदेखि चलिरहेको थियो ।

२०७८ पुस ११ आइतबार, बिहान ८:४९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भनिन्छ, प्रेम अन्धो हुन्छ । अब त अन्धो मात्र होईन बहिरो पनि हुन्छ । सोही क्रममा एक प्रेम जोडी गाउँलेको बीच ५ सय रुपैयाँको स्टाम्पमा बिहे गरेका छन् ।
छिमेकी मुलुक भारतको बिहार राज्य भागलपुरमा यस्तै एक प्रेमी तथा प्रेमिकाले बिहीबार अबेर साँझ विवाह गरेका हुन् ।
भागलपुर जिल्लाको सुल्तानगंज बाथ क्षेत्रको उनचागाँउ उत्तर टोलामा गाउँलेहरुको उपस्थितिमा उनीहरुले ५०० रुपैयाँको छाप लगाएर बाँकी जीवन सँगै बस्ने वचन दिएपछि प्रेमीले प्रेमिकाको साइनो (माँग) मा सिन्दुर हाले ।
मात्र ५० फिटको दुरीमा युवा युवतिको घर रहेको छ । उँचागाउँको उत्तर टोला गाविस निवासी अयोधी सिँहका २१ बर्षिय छोरा रुपम कुमार र र बासुकी साहकी २० वर्षीया छोरी सिमा कुमारी बिहीबार दिउँसो ३:०० बजेतिर एक–अर्कासँग विवाह गर्न हतारमा रहेको गाउँलेहरूले बताए।
जब दुवैका नातेदार र गाउँलेहरूले जानकारी पाए। प्रेमी र प्रेमिकालाई मनाउन निकै प्रयास गरियो। तिनले तीन घण्टाको लागेको बताए ।
तर, तिनीहरू दुवैले त्यो स्वीकार्न इन्कार गरे । आफन्तहरुले दबाब दिन खोज्दा प्रेम जोडीले आफूहरु कहिल्यै अलग नहुने भनेपछि अभिभावकहरुले बिहे गराइदिएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…