न्यू धनुष बचत तथा ऋण सहकारीको दोस्रो सभा विधिवत सम्पन्न
सो कार्यक्रममा बिशिस्ट अतिथि वडा नं २ का अध्यक्ष प्रभु नारायण साह,वडा नं १ का अध्यक्ष बिश्वनाथ यादव,३का राजकिशोर साह,नव शान्ति युवा कल्बका अध्यक्ष लक्ष्मी साह ईलाका प्रहरी कार्यलय धनुषाधाम प्रहरी निरीक्षक राजेन्द्र यादव ,शस्त्र प्रहरी वेश क्यामप सर्साका प्रहरी निरीक्षक दिलिप बस्नेत ,लगायत स्थानीय व्यपारीहरुको उपस्थिति रहेको थियो ।

२०७८ पुस १० शनिबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । धनुषाधाम नगरपालिका ३ स्थित न्यु धनुष बचत तथा सहकारी संस्था लिमिटेड संस्थाको दोस्रो साधारण सभा विधिवत रुपमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नागेश्वर साहको सभापतिमा दोस्रो साधारण सभा भएको हो । “बचत गर्नु सचेत हुनु शिक्षित हुनु बराबर हो । मौकामा काम लाग्ने बचत दैनिक बचत समय एउटा उपलब्धि मुलुक सहयोग गर्ने छ ।”– उनले भने ।
संस्थामा करिब तीन सय सद्स्यहरु आवद्ध रहेका छ्न । संस्थाको कारोबार करिब २ करोडको कारोबार भएको अध्यक्ष साहले बताए ।
सो कार्यक्रममा बिशिस्ट अतिथि वडा नं २ का अध्यक्ष प्रभु नारायण साह,वडा नं १ का अध्यक्ष बिश्वनाथ यादव,३ का राजकिशोर साह,नव शान्ति युवा कल्बका अध्यक्ष लक्ष्मी साह ईलाका प्रहरी कार्यलय धनुषाधाम प्रहरी निरीक्षक राजेन्द्र यादव ,शस्त्र प्रहरी वेश क्यामप सर्साका प्रहरी निरीक्षक दिलिप बस्नेत ,लगायत स्थानीय व्यपारीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…