साना किसान लक्ष्मीनियाको चौथौँ साधारण सभा सम्पन्न, किसान र महिलाको क्षेत्रमा उल्लेख्य योगदान
संस्थाले पालिका भित्र रहेको किसानको लागि विभिन्न समयमा बीउ, मलखाद र कृषि सम्बन्धी औषधि वितरण गरेका छन्।

२०७८ पुस १० शनिबार, दिउँसो ४:०३ बजे१ मिनेट पढाइ

सुरेन्द्र यादव, जनकपुरधाम । साना किसान कृषि सहकारी संस्था लिमटेड लक्ष्मीनियाको ४ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले शनिबार लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ बजारस्थित सभा सम्पन्न गरेको हो । सभामा संस्थाको अध्यक्ष बबिता यादवले संस्थाको प्रगति विवरण र आय व्यय प्रस्तुत गरेकी हुन ।
संस्थाले हाल सम्म २८ लाख १६ हजार आम्दानी गरेको प्रगति विवरणमा उल्लेख गरेका छन् भने नाफा दश लाख ६३ हजार गरेका छन् ।
प्रगति विवरण अनुसार ४ करोड ४६ लाख ८० हजार कर्जा लगानी गरेका छन् भने कर्जा असुली एक करोड ६३ लाख ६५ हजार गरेका छन् ।
संस्थाले हाल सम्म कृषि कर्जामा (धान,गहुँ,तरकारी र आलु) मा २ करोड २६ लाख ८८ हजार गरेको संस्थाको शाखा प्रबन्धक सरोज कुमार यादवले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ६१ लाख ९२ हजार पशुपालन कर्जामा लगानी गरेका छन् ।
संस्थाको कुल निक्षेप रकम १३ लाख तीन हजार, जगेडा कोष एक लाख ६६ हजार र शेर रकम ३३ लाख ८२ हजार रहेको छ । संस्थामा १ सय ९५ महिलाहरुको समुह छन भने महिला शेर सदस्य संख्या ९ सय ९३ रहेको छ । बाल बचत र अन्य सदस्य संख्या ६४ ऋणी सदस्य संख्या ५ सय १२ रहेको छ ।
संस्थाले पालिका भित्र रहेको किसानको लागि विभिन्न समयमा बीउ, मलखाद र कृषि सम्बन्धी औषधि वितरण गरेका छन्।
पशु बिमा र ऋण बिमा, सदस्य संरक्षण राहत योजना, विक्तिय कारोबार, दूध संकलन र चिस्यान केन्द्र सञ्चालन गर्न लागेको प्रबन्धक यादवले जानकारी दिए । यस्तै कृषि सम्बन्धी तालिम र सदस्य मृत्यु राहत उत्पादन कार्यक्रम गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…