मल खाद्यको विश्वव्यापी हाहाकार छः कृषीमन्त्री यादव
उनले यहाँका एकिकृत कृषि कार्यक्रम सँचालन गर्नको लागि यहाँका किसानहरुको माटो परीक्षण गरी कृषि उपज, माछा पालन लगाएतका आर्थिकोपार्जन कार्यक्रमहरु सँचालन गर्न सकिने बताए ।

२०७८ पुस १० शनिबार, दिउँसो १:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले मल खाद्यको अभाव विश्वव्यापी रुपमा रहेको बताएका छन् ।
शुक्रबार धनुषा र सिरहा जोडने कमला नदीको पश्चिमभाग धनुषाको कमला नगरपालिकाको विभिन्न ठाउँमा निरीक्षण गर्ने क्रममा उनले मल खाद्यको अभाव अहिले विश्वव्यापी रुपमा भएको बताए ।
कमला नदीको किनारमा हुन सक्ने बगर खेती, माछा पालन सम्बन्धी कमला नदी उकास एकिकृत कृषि विकास सम्बन्धी सरोकारबालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले कमला नदीका किनारका किसानहरुको चौतर्फी समस्या रहेको भन्दै आफू समस्या समाधानको लागि तत्पर रहेको बताए ।
आफू सिँचाई मन्त्री हुँदा कमला नदी किनारको किसानको लागि डीप बोर्डिँग देखि लिएर अन्य सिँचाईको व्यवस्था गरिदिएको स्मरण गराउँदै किसानहरुले राखेको समस्याको बारेमा उनले जवाफ दिएका थिए ।
कमला नदीको किनारमा बालुवाले बँजर बनेको जमिनमा खेती सहित माछा पालन गरी यहाँका किसानहरुलाई निकास दिनको लागि गृहकार्य उनले किसानहरुसँग सल्लाह सुझाव सँकलन समेत गरे ।
कमला नगरपालिका वडा नम्बर ७ हथमुण्डास्थित आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीय किसानहरुले सिँचाई, बँदेल, निलगाई, मल खाद्य, बीउ बिजन, बँजर जमिनको बारेमा जिज्ञासा राखेपछि उनले जवाफ दिएका थिए ।
उनले यहाँका एकिकृत कृषि कार्यक्रम सँचालन गर्नको लागि यहाँका किसानहरुको माटो परीक्षण गरी कृषि उपज, माछा पालन लगाएतका आर्थिकोपार्जन कार्यक्रमहरु सँचालन गर्न सकिने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री यादवले समस्या टिपोट गरी केन्द्रमा लग्ने बताए । सो क्रममा उनले किसानहरुको सल्लाहलाई डायरी गरी लगेको हो ।
जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष एवम् प्रदेश नम्बर २ का भूमि, व्यवस्था तथा कृषि मन्त्री बिजय कुमार यादव, सिँचाई महासँघका गजाधर रोहिता, धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) का प्रदेश साँसद शैलेन्द्र यादव, जसपाका जिल्ला अध्यक्ष पशुपति यादव, कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, ३ का विशेश्वर यादव, वडा नं. १ का राजकुमार यादव, वडा नं. ८ का राजेश्वर मरिक सहित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमको क्रममा प्रदेश मन्त्रालयकी उपसचिव, कर्मचारी सहित माछा सुपरजोनका प्रमुख युगलकिशोर तिवारीको पनि विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको दौरान कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, लेखा अधिकृत सँजीव कुमार महतो, योजना शाखाका चन्द्रप्रकाश यादव, पशु सेवा शाखाका रबिन्द्र कुमार यादव लगायतका कर्मचारीहरुले मन्त्रालयका कर्मचारी एवम् मन्त्रीलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।
नगरपालिकामा स्वागत गर्दै अधिकृत ठाकुरले नगरपालिकाको हितको लागि आएको योजनाको लागि काम गर्न उत्सुकता देखाएको भन्दै अतिथिहरुलाई सम्मान गरेको बताए ।
अन्तरक्रिया कार्यक्रममा किसानहरुले चिट बनाएर सल्लाह, सुझाव, समस्या, जिज्ञासा राखेका थिए भने त्यसलाई प्रदेशका मन्त्री विजय यादव, केन्द्रीय मन्त्री महेन्द्र राय यादवले जवाफ फर्काएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…