गहुँको बीउ नदिँदा जनकारवाही गरेको किसानको पक्षमा उभे जनमत पार्टी, गाउँपालिकामा तालाबन्दी
किसानको लागि आएको गहुँको बीउ स्थानीय जनप्रतिनीधिहरुले आफ्ना पार्टीका कार्यकर्ताहरु, आसेपासेहरुलाई मात्र दिने मनसायले असल किसानलाई दिनभरी कुराएको भन्दै किसानहरुले गरेको कार्य बाध्यता रहेको उनले प्रतिक्रिया दिए ।

२०७८ पुस ९ शुक्रबार, बेलुकी ७:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा असल किसानलाई गहुँको बीउ नदिदा लुटेको आरोपमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले किसानको साहारा बनेका छन् ।
औरही गाउँपालिकामा गत मँगलबार किसानहरुको लागि ल्याएको गहुँको बीउ साधारण तरिकाले नदिएपछि किसानहरुले आफ्नो हक भन्दै गहुँको बीउ गाउँपालिकाको स्टोरबाट आफैँ लिएको थियो ।
सो क्रममा चार जना किसानको नाम किटान गरी स्थानीय प्रहरीले मुद्दा लगाउने भएपनि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध जनाउँदै गाउँपालिकामा तालाबन्दी गरेको छ ।
गहुँ लिने दर्जनौ किसानहरुमध्ये स्थानीय मिथिलेश यादवलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई सार्वजनिक उपद्रवको मुद्दा लगाउने तथा अन्य तीन जनामाथि सोही मुद्दा चलाउने जानकारी पाएपछि जनमत पार्टीका नेता कार्यकर्ताहरुले किसानको पक्षमा उभिएका छन् ।
उनीहरुले किसान पक्राउको विरोध गर्दै शुक्रबार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ कसहा बजारस्थित २ घण्टा चक्काजाम समेत गरेका छन् ।
जनमत पार्टीका नेता दीपेन्द्र यादवको अगुवाईमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले शुक्रबार दिउँसो गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । उनका अनुसार, गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेकाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताए ।
उनले पक्राउ परेका किसानलाई रिहा नगरे अझ आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले भने, ‘गाउँपालिकाले अविलम्ब किसानमाथि दर्ता गराएको मुद्दा फिर्ता लिओस् । होइन भने महाविद्रोह हुन्छ ।’
प्रहरी प्रशासन र गाउँपालिका अध्यक्ष सिदार्थ यादवविरुद्ध किसानहरुले नारासमेत लगाएका छन् । उनीहरूले किसानमाथि गरिएको दमन बन्द गर, किसानलाई आवश्यक मल खाद र बीउको व्यवस्था गर, गिरफ्तार किसानलाई रिहा गरलगायतका नारा लगाएका छन् ।
किसानको लागि आएको गहुँको बीउ स्थानीय जनप्रतिनीधिहरुले आफ्ना पार्टीका कार्यकर्ताहरु, आसेपासेहरुलाई मात्र दिने मनसायले असल किसानलाई दिनभरी कुराएको भन्दै किसानहरुले गरेको कार्य बाध्यता रहेको उनले प्रतिक्रिया दिए ।
उनले भने, –“किसानहरुले गरेको कार्य उचीत नहुन सक्छ, तर बाध्यता कसले सृजना गर्यो ? असल किसानको लागि आएको बीउ किसानले समयमै पाउनुपर्छ, दिनभरी कमाएर साँझ एक छाक खाने किसानहरुलाई दिनभरि लाईनमा बसाएर बीउ नदिएपछि त्यस्तो अवस्था सृजना भयो । र यसको जिम्मेवारी पनि जनप्रतिनीधि, गाउँपालिका स्वयँम हो ।”
चारजनामाथि मुद्दा चलाएको भन्दै त्यो मुद्दा फिर्ता नगरे र किसानहरुको घरमा अझै प्रहरी गए विद्रोहको चेतावनी दिए । उनले भने, –“कृषी प्रधान देशमा, हामी किसानको साथ छौँ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…