'मो. लतिपको घर पाकिस्तानमा कहाँ हो मलाई पूर्णतः सही थाहा छैन तर, साथीले भने अनुसार, कम्पनीमा काम गर्ने साथीको अनुसार र मैले पनि बुझेसम्म उनी पाकिस्तानको कराँचीबाट थियो । काशिन्द्र जी, मैले उनलाई हत्या गरेको होईन, म सिधासाधा गाउँको मान्छे, विदेशमा आएर के धाक लगाउनु र के झगडा गर्नु, बस्सस नेपालको मान्छे यस्तो हुन्छ भनेर भन्दा भनाभन भयो त्यति मात्र हो ।' कुराकानीमा उमेशले राखे ।
करिब २० मिनेट जति पत्रकार शर्मासँग गरेको कुराकानीमा उमेशले आफ्नो घटना र सजाय भन्दा पनि आफ्नो आमाबुवा, दाजुभाई र पत्नी तथा छोराको बारेमा मात्र सोधिरहे ।
करिब १८ बर्ष पहिले धनुषा मडेबाकी मन्जु यादवसँग वैवाहिक बन्धनमा बाँधिएका उमेश विवाहको ६ बर्षपछि नै विदेशिए । जेठा छोरा कमलेस र कान्छा हितेषलाई राम्ररी हेर्न पनि नपाएका उमेश कैदी जीवन बिताउँदा विताउँदै छोरा र पत्नीले पनि रुदाँ रुदैँ आँसु सुकाईसकेकी उमेशले भने ।
"काशिन्द्र जी, तपाईको समाचार पनि हेर्न पाए मोबाईलमा, हुनत जेलभित्र मोबाईल अलाउ छैन, तर तपाईले मेरा साथीलाई सम्पर्क गर्नुभयो, साथीले मेरो समाचार देखाईदिनुभयो र तपाईसँग कुरा पनि गराईदिनुभयो, मलाई आज असाध्यै खुसी लागेको छ । तपाई आफ्नै गाउँतिरको मान्छे, तपाईलाई शायद मैले २०६० सालतिर माचिको नयाँ बजारमा हेरेको थिए, त्यो बेला त तपाई...अहिले मेरो लािग तपाई केही गरिराख्नुभएको छ , शुक्रिया, बहोत मेहरबानी !" भनेर आफ्नो मातृभाषामा खुसी प्रकट गरे ।
कुराकानी दौरान पत्रकार शर्माले भने, "उमेश जी , मैले मात्र तपाईलाई फ्लोअप गरेको छु, करिब ८ बर्षअघि पनि तपाईको घरमा गएर समाचारको लागि सबै सुचना बुझेको थिए, मैले ८ बर्षपछि पनि त्यही समाचारलाई स्थान दिएको छु, मैले आफ्नो धर्म निर्वाह गरेको छु, तर नेपालमा अहिले तराई मधेस राष्ट्रिय परिषद् भन्ने सँगठन छ, विशुद्ध समाजिक सँगठन र त्यसकै सदस्य सरोज राय जी तपाईको लागि जुन कदम चाल्नु भएको छ वास्तवमा त्यो सराहनीय र अथक छ । उहाँले अब चासो लिसक्नुभएको छ, उमेशजी तपाई चिन्ता नगर्नुस, धैर्य राख्नुस, जे होला राम्रो होला ।"
२७ दिनपछि पुनः अदालतमा पेशी भएको जनाउँदै उमेशले एम्बेसीका आनन्द शर्मा, हरि पाण्डेले त्यति बेला नै चासो लिएको भए आज म जेलमुक्त भइसकेको हुन्थे भनेर औल्याए ।
उनले भने, "विजय यादव की विजय कर्ण के हो, मलाई थर थाहा भएन तर विजय नै हो, उहाँ पनि दुतावासका मान्छे जो की अदालतमा पेशी हुनुभन्दा २ दिन पूर्व मात्र जानकारी दिन आउनुहुन्छ । पहिलो पटक आउनुभयो र भन्नुभयो की तिमिलाई ७ सालको जेल सजाय भयो, फेरी ७ सालपछि आएर सजाय १२ साल भएको सुनाए, मैले राम्ररी पहल गर्न बारम्बार आग्रह गरे तर उहाँहरु टाईट नै भएन के । अब १२ साल पुग्न पनि एक महिना मात्र बाँकी छ, हेरौँ के हुन्छ ?"
न्यूज ब्यूरो डिजिटल पत्रिकाले प्रकाशित गरेको सबै समाचार उपेन्द्र यादव र परराष्ट्रय मन्त्रालय तथा तराई मधेस राष्ट्रिय परिषदको चासो, सरोज राय को चासो र सउदी कत्तारमा रहेका नेपाली कामदारहरुले लिएको चासोबारे समेत उमेशलाई सुनाएपछि उनले राहतका साँस लिएका थिए ।
आफ्नो दुवै छोरालाई पढाई लेखाईदिन आग्रह गर्दै उमेशले भने, "म १२ बर्षदेखि नै जेलभित्र भएकोले एक कौडी पनि घर पठाएको छैन, यस्तोमा दुवै छोराको चिन्ताले सताएको छ ।"
करिब २० मिनेटको कुराकानीमा उमेशले आफ्नो पेशी, अदालती प्रक्रिया, परिवार र देशको बारेमा सोधेका थिए भने पत्रकार शर्माले उमेशको लागि थालिएको पहल, चासो र टिएमएनसी का सदस्य सरोज राय ले चालेको कदम र प्रयास बारे जानकारी गराएका थिए ।
=======================================================================
(विशेष कारणवंश उमेशसँगको कुराकानीको भिडियो र अडियो सुरक्षित राखिएको छ तर प्रकाशन प्रकाशित गर्न मिल्दैन )
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…