साह परिवारको सबै सदस्यको नागरिकता नक्कली रहेको खुलासा
गैर कानूनी रुपमा नागरिकता लिएको सोनार परिवारको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा देशभक्त नेपालीको नामले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय समेतमा बोधार्थ गरी २०७७ मंसिर १ गते उजुरी दर्ता भएको छ । भारतीय नागरिकले झुठो विवरण पेश गरी लिए

२०७८ पुस ७ बुधबार, बिहान ८:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । झुठो विवरण पेश गरेर भारतीय नगरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
भारतको बिहार आदापुर इनरवा–४ काला सिर सिया पञ्चायतका महादेव साह सोनारका सन्तानहरुले झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको खुलासा भएको हो ।
महादेव साह सोनारका छोरा शम्भु साह, दिगम्बर साह, असर्फी साह, रामनाथ साह,बच्चा साह, भन्ने (रामनरेश साह सोनार) समेतले झुठो विवरण पेशगरी पर्सा जिल्लाको साबिकको गाउं विकास समिति– ३ हाल वीरगञ्ज महानगरपालिका–२८ बाट नेपाली नागरिकता लिएका हुन् ।
गैरकानूनी रुपमा नागरिकता लिन सफल भएका सोनार परिवारले नेपालमा चरेश,गांजा तथा सुनको तस्करी लगायत विभिन्न किसिमका अपराधिक क्रियाकलाप गरी नेपाल र भारतमा समेत अर्बौको सम्पत्ति जोडेको स्रोतको दाबी छ ।
गैर नागरिक सोनार परिवारले भारत तिर अवैध रूपमा कमाएका सम्पत्ति नेपालमा लुकाउने र नेपालमा अवैध कार्यगरी आर्जन गरेको सम्पत्ति भारतमा लुकाउने गरेका छन् ।
गैर कानूनी रुपमा नागरिकता लिएको सोनार परिवारको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्सामा देशभक्त नेपालीको नामले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय समेतमा बोधार्थ गरी २०७७ मंसिर १ गते उजुरी दर्ता भएको छ ।
भारतीय नागरिकले झुठो विवरण पेश गरी लिएको नागरिकताको छानबिन गरी आवश्यक कारवाही गर्दै नागरिकता समेत रद्द गर्ने गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साको नागरिकता फांटलाई २०७८ कार्तिक १५ गते पत्रचार गरिसकेको छ ।
नेपाली नागरिकता लिएका शम्भु साह सोनारका छोरा गोपाल साह सोनारले घण्टाघरमा रहेको मनोकामना मनि चेन्जरको आडमा अवैध भारतीय नोटको कारोबार गर्ने गरेको स्रोतले जनाएको छ ।
संदिप सोनारले वीरगञ्जको दुई नम्बर रोडमा आप्mनै घरमा आर के एण्ड सन्स नामक पसल सञ्चालन गर्दै आएको त्यसको आडमा सुनतस्करी , हुण्डीको कारोबार समेत गर्ने गरेको पाइएको छ ।
अवैध रुपमा करोडौको सम्पति आर्जन गर्न सफल भएका रामनाथ साह सोनारले वीरगञ्जमा दर्जन भन्दा बढी घर जग्गा समेत किनेका छन् ।
उता बच्चा साह सोनार भनिने (रामनरेश साह सोनार) ले समेत माईस्थानमा जय मां दुर्गे ज्वेलर्स लगायत बिरगंजको कलवार मार्केटमा दुर्गे मनि ट्रान्सफर र जयमा दुर्गे मनि चेन्जरको आडमा हुण्डी कारोबार र अवैध सुनतस्करीको काम गर्दै र सोबाट अकूत सम्पत्ति जोडेको स्रोतको दाबी छ । स्थानीय प्रशासनले भने अहिले सम्म कुनै कारवाही गरेको छैन ।
जनकपुरटुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…