दहेज मागेपछि दुल्हालाई स्वयँम्बरमै रामधुलाई, भिडियो भाइरल
केटी पक्षलाई झुठ बोलेर पहिलेदेखि नै विवाहित रहेका मुज्जमिल अर्को विवाह गर्न खोज्दा कुटपिट भएको हो । उनको कुटाईको भिडियो समाजिक सँजालमा भाइरल बनेको छ ।

२०७८ पुस ३ शनिबार, बिहान १०:३१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विहेको कार्यक्रम भईरहँदा बेहुला (दुल्हा) पक्षले दजेज (दाईजो) को कुरा चलाएपछि दुल्हालाई विवाहमै कुटपिट गरिएको छ ।
छिमेकी मुलुक भारतको राजधानी दिल्लीसँगै रहेको गाजियावादको साहिबाबदमा गएराती एक दुल्हालाई रामधुलाई गरिएको छ । यो कुटपिटको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ ।
विहे हुनुभन्दा ठीक अगाडी दुल्हालाई दुल्हिनको परिवारजनले रामधुलाई गरेको छ । दुल्हालाई कुटपिट गर्दा त्यहाँ रहेको अन्य जनाले सुरुमा स्तब्ध बनेपछि कारण थाहा पाएपछि ठिकै गरेको भनेर प्रतिक्रिया दिए ।
सो क्रममा दुल्हिनको घर परिवारले दुल्हालाई करिब ३ मिनेटसम्म कुटेको आरोप छ । दुल्हाको परिवारले उनलाई बचाउदै रहे तर दुल्हिनको परिवारजनले उनलाई घिसारेर कुटपिट गरिरहेको देखिएको छ ।
करिब डेढ मिनेटको भिडियोमा दुल्हिनको परिवारजनले दुल्हालाई तानेर कुटपिट गरिरहेको देखिएको छ । सोही भिडियोमा दुल्हाका आफन्तजनले उनलाई बचाउने पनि प्रयास गरिरहेको देखिएको छ ।
जानकारी अनुसार, बिहे हुनुभन्दा ठिक अगाडी दुल्हाका बुवाले १० लाख रुपैयाँ दहेजको रुपमा माग्ने शर्त राखे । उनले भने, यदी १० लाख रुपैयाँ तत्कालै दिएनन भने यो बिहे हुँदैन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…