यस्तो पनि समाज

जनकपुरः जिउँदै श्रीमानको मृत्यूदर्ता बनाएर श्रीमतिले गरिन सम्पतिमाथि कब्जा

करिब २० बर्षअघि नै गाउँबाट भागेर अन्यत्र बस्दै आएका मन्सुरले भारतमा पनि बिहे गरेका छन् ।

२०७८ पौष २ शुक्रबार
बेलुकी ५:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै जिउँदै श्रीमानको मृत्यू दर्ता बनाएर उनकै श्रीमतिले सबै सम्पतिमाथिक कब्जा गरेको घटना बाहिर आएको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको औरही गाउँपालिकाको यो घटना हो । औरही गाउँपालिका वडा नम्बर ६ चक्कर भन्ने गाउँको यो घटनाले गाउँवासी पनि आश्र्यचकित छन् । 

औरही गाउँपालिका वडा नम्बर ६ चक्कर बस्ने स्थानीय अली अक्बर मन्सुर जिउँदै हुँदा पनि उनकी श्रीमतिले उनको मृत्यूदर्ता बनाएर सबै सम्पतिमा कब्जा गरेको बताईएको छ ।

करिब २० बर्षअघि नै गाउँबाट भागेर अन्यत्र बस्दै आएका मन्सुरले भारतमा पनि बिहे गरेका छन् । उनको पहिलो श्रीमति जसले जमिनमाथि कब्जा गरेकी हुन उनको पनि पाँच वटा छोराछोरी रहेको छ । 

मन्सुर केही दिन अघि वैदेशिक रोजगारीबाट आएका हुन् र उनी आफूसँगै अर्की श्रीमति पनि ल्याएका छन् । जसको ६ वटा बालबच्चा पनि रहेको बताइएको छ । 

बिहे बच्चा भएपछि कमाउन भन्दै करिब २० बर्षअघि नै गाउँबाट भागेको उनकी श्रीमतिलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । यद्यपी, प्रहरीमा यसको बारेमा अधिकारीक कुनै निवेदन नपरेको जनाइएको छ । 

प्रथम श्रीमतिले मन्सुर केही बर्ष नआएपछि उनको मृत्यूदर्ता बनाएर मन्सुरका भाईसँग अँशबण्डा गरी जमिन लिएको बताइएको छ । स्थानीय हदिश मियाँको छोरा रहेको मन्सुरको पहिलो श्रीमति मैमुन खातुनले गत २०६२ सालमै उनको मृत्यू भएको भनेर मृत्यूदर्ता बनाएर जग्गा जमिन लिएको बताइएको छ । 

यता, मन्सुरको नागरिकता बनेको अनुसार उनको नागरिकता गत विं.सं. २०६३ साल भन्दाअघि नै बनेको देखिएको छ । जस अनुसार उनी गाउँबाट भागेको २० बर्ष भएको र उनी निरन्तर नआएपछि उनको नाममा मृत्यूदर्ता बनाएको बुझिएको छ ।

उनका भाईहरुका अनुसार, मन्सुर गाउँबाट कमाईधमाई गर्नको लागि भारत गएको र बीच बीचमा गाउँ आउने गरेको भएपनि उनकी श्रीमति मैमुनले उनको मृत्यूदर्ता बनाएको आरोप पनि लगाएका छन् । 

यता, सो सन्दर्भमा वडा नम्बर ६ का वडाध्यक्ष दिलिप साहसँग बुझन खोज्दा उनीसँग मोबाईलमा सम्पर्क हुन सकेनन् । 

  • 20%
  • 0%
  • 80%
  • 0%
  • 0%
  • 0%

गैर–जिम्मेवार हेडमास्टर राजेन्द्र साहलाई कारवाही गर 

  • २०७८ पौष २ शुक्रबार

सम्पादकीय । धनुषा जिल्लाको धनुषाधामस्थित रहेको समुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । र यसको जिम्मेवार सो विद्यालयको प्रधानाध्यापक राजेन्द्र साह हुन । प्रअ राजेन्द्र साहले कुनै बेला चम्केको विद्यालयको अवस्थालाई

पूरा पढ्नुहोस्

Bureau Menus