बुलेट पर जीजाः मोटरसाईकलमा सालीलाई घुमाउन निस्केका भिनाजु फरार
यता, नविनको बुवालाई फोन लगाउँदा उनको बुवाले समेत फोन उठाएनन् । त्यसपछि यो मामिलाई शँकास्पद भएपछि प्रहरीमा उजुरी गरिएको बताइएको छ । जीजाले सालीलाई बिहे गर्ने मनसायले लिएर फरार भएको आरोप लगाइएको छ ।

२०७८ मंसिर २९ बुधबार, राति ८:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो । अहिले भोजपुरीमा एउटा गीत निकै चर्चित छ । समाजिक सँजालमा भोजपुरी गीत बुलेट पर जीजा बोलको गीत निकै भाइरल बनेको छ ।
भोजपुरी गायिक शिल्पीराजले गाएको यो गीतमा–रील बनी मन्दिरके गेट पर जीजा, ले चली घुमाए बुलेट पर जीजा” शब्द भाइरल बनेको छ, ठीक सोही हिसाबले एक भिनाजु (जीजा) ले आफ्नै सालीलाई लिएर भागेका छन् ।
आफ्नो गर्भवति श्रीमतिलाई छाडेर जीजाले सालीलाई मोटरसाईकलमा राखेर फरार भएका छन् । घुम्न जाँन्छु भन्दै दुवै जना फरार भएको बताइएको छ । यो घटना छिमेकी मुलुक भारतको बिहार राज्यको हो ।
यो घटनापछि कैयौँ प्रकारको कुराहरु बाहिर आउन थालेको छ । यसलाई लिएर युवतिको आमाले आफ्नी कान्छी छोरीसँग बिहे गर्ने नियतले उनलाई भगाएर लगेको आरोप लगाएकी छन् ।
बिहे भएकी जेठी छोरीलाई छाडेर कान्छी छोरीसँग बिहे गर्ने उदेश्यले फरार गरेको हुन सक्ने फरार युवतिकी आमाले बताइन् । यसको साथै, उनकी आमाले फरार भएका जीजा (नविन) को बुवा हिलिस राय सहित चितरँजन राय र रागीनी देवी नामक महिला उपर आरोप लगाएकी हुन् ।
प्रहरीका अनुसार, करिब डेढ वर्ष पहिले महिलाको जेठी छोरीको बिहे नविनसँग भएको थियो । उनी गर्भवति हुन जसको कारण उनी अहिले माईती बस्दै आएकी हुन् । जसले गर्दा ज्वाईको पनि आवतजावत लगातार भइरहेको थियो ।
१९ नोभेम्बरको उनका ज्वाईँ (नविन) फेरी ससुराली पुगे । २१ नोभेम्बरमा घरको सदस्यहरुले खेतमा काम गर्न पनि पुगे । घरमा त्यतिबेला नविनकी श्रीमति र साली मात्र थिइन् । खेतबाट परिवारजन आएपछि नविन र कान्छी छोरीको खोजबिन गरे तर कतै देखिएनन् ।
जानकारी अनुसार, नविन आफ्नी श्रीमतिसँग आफ्नो सालीलाई बजार घुमाएर ल्याउने तथा बजारमा कपडा किनिदिने भन्दै बजार लगेको थियो । बजार जान्छौँ भन्दै घरमा श्रीमतिलाई भनेर सालीसँग नविन बजार तर्फ गएको बताइएको छ ।
घरका सदस्यहरु खेतबाट आएपछि नविनको बारेमा सोधेपछि बजार गएको प्रतिक्रिया दिएको थियो । तर, नविन अबेर रातीसम्म आएनन् । सोही क्रममा उनकी श्रीमतिले नविनलाई फोन लगाएपछि फोन बन्द भएको आयो ।
यता, नविनको बुवालाई फोन लगाउँदा उनको बुवाले समेत फोन उठाएनन् । त्यसपछि यो मामिलाई शँकास्पद भएपछि प्रहरीमा उजुरी गरिएको बताइएको छ । जीजाले सालीलाई बिहे गर्ने मनसायले लिएर फरार भएको आरोप लगाइएको छ ।
प्रहरीले नविनलाई खोज तलास जारी राखेको बताइएको छ । यद्यपी, अहिलेसम्म नविन र उनकी साली भने फेला नपरेको परिवारजनलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…