प्रदेश २ः किशोरीलाई बन्धक बनाएर २० दिनसम्म बलात्कार
मङ्गलबार भने बलात्कार नै भएको भनेर जाहेरी लिएर आएकाले जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको थापाले बताए।

२०७८ मंसिर २१ मंगलबार, बेलुकी ६:०० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ मा एक १८ बर्षिय किशोरीलाई दुई युवकले २० दिनसम्म बलात्कार गरेको आरोप लगाइएको छ ।
प्रदेश २ को पर्सा जिल्लाकी १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरी र उनका अभिभावकले लगाएका छन्।
किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरीका अभिभावकले लगाएका हुन्।
पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे ट्युसन पढ्न जाने क्रममा किशारीलाई बाटोबाटै रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए।
सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक-पटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्।
उनले भनिन्, ‘सुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे। त्यसपछि १७ दिनसम्म राति डेराबाट निकालेर बाहिर लैजान्थे। कहाँ लैजान्थे त्यो मलाई थाहा हुन्थेन। बाहिर लगेको बेलामा पनि दुबैले मसँग जबरजस्तीकरणी गर्थे।”
मंसिर १३ गते भने ती किशोरी वीरगन्जबाट भागेर गाँउको घरमा पुगेको उनका अभिभावकले बताएका छन्। पीडित किशोरी भागेर घरमा आएकै दिन इलाका प्रहरी कार्यालय पोखरीयामा पीडकहरुविरुद्ध जाहेरी दिंदा प्रहरीले जाहेरी दर्ता नगरेको पीडित किशोरीका बुबाले बताए।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…