प्रेमिकाको बिहेमा पुगे प्रेमी, स्वयँवरमै लगाइदिए सिन्दुर 

जेष्ठ नागरिकहरुले बेहुला बेहुलीलाई बिदाई गरी यस घटनालाई अधिक बढावा नदिन सबै पक्षसँग आग्रह गरिएको बुझिएको छ । 

२०७८ मङ्सिर २१ मंगलबार
बिहान ०८:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । आफ्नो प्रेमिकाको बिहे भइरहेको खवर पाए लगत्तै बिहेमा पुगेका एक प्रेमीले स्वयँवर भइरहेकै बेला प्रेमिकाको माँग (सिउँदो) मा सिन्दुर लगाएको घटना आएको छ । 

छिमेकी मुलुक भारतको उत्तर प्रदेश (युपी) मा प्रेमिकाको विहेमा पुगेका एक प्रेमीले उनको जयमाला अर्थात स्वयँवर भइरहेकै बेला पुगेर माँगमा सिन्दुर लगाएको हो । 

उत्तर प्रदेशको गोरखपुरमा अचानक बिहेमा पुगेका एक प्रेमीले बिह भइरहेको बेला उनको माँगमा सिन्दुर हाल्दै आफूसँग धोका गरेको भनिरहेको भिडियोमा सुन्न सकिन्छ । प्रेमीले उनको माँगमा सिन्दुर लगाईरहँदा बेहुला (दुल्हा) मुकदर्शक बनेका थिए । 

यो घटना गोरखपुरको हरदपुर बदुहट थानाक्षेत्रको छ , जहाँ बिवाहको क्रममा बेहुला बेहुली मँचमा स्वयँमवर जयमालाको विधि निर्वाह गरिरहेको थियो । जयमाला लगाउन तयार रहेको बेहुला भन्दा अगाडी नै प्रेमी आएर बेहुलीको माँगमा सिन्दुर थापेको भिडियो भाईरल बनेको छ । 

यो घटनापछि त्यहाँ बिहेमा आएका जन्ती र आफन्तको बीच तनावपूर्ण माहौल बन्यो । बेहुली पक्षले प्रहरीलाई बोलाएर घटनाको जानकारी दियो । प्रहरी आएपछि स्थानीयसँगको सहकार्यमा र परिवारजनसँगको सहकार्यमा अबेर रातीसम्म मामिला सुल्झाएर बेहुला बेहुलीलाई बिदाई गरेको बुझिएको छ । 

उता, प्रहरी आएपछि प्रहरीलाई देख्ने बितिकै प्रेमी फरार भएको बताइएको छ । प्रहरीलाई देख्ने बित्तिक्कै प्रेमी त्यहाँबाट भागेको स्थानीयहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 

यो घटनाको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि त्यो गाउँको पनि माहौल बदलेको बताईएको छ । यद्यपी, त्यहाँका जेष्ठ नागरिकहले यसप्रति नियन्त्रण पाएको तथा प्रेमीलाई कुनै कारवाही नगरेको बताइएको छ । 

जेष्ठ नागरिकहरुले बेहुला बेहुलीलाई बिदाई गरी यस घटनालाई अधिक बढावा नदिन सबै पक्षसँग आग्रह गरिएको बुझिएको छ । 

  • 22%
  • 76%
  • 0%
  • 0%
  • 0%
  • 1%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७८ मङ्सिर २१ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus

} }