प्रेमिकाको बिहेमा पुगे प्रेमी, स्वयँवरमै लगाइदिए सिन्दुर
जेष्ठ नागरिकहरुले बेहुला बेहुलीलाई बिदाई गरी यस घटनालाई अधिक बढावा नदिन सबै पक्षसँग आग्रह गरिएको बुझिएको छ ।

२०७८ मंसिर २१ मंगलबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । आफ्नो प्रेमिकाको बिहे भइरहेको खवर पाए लगत्तै बिहेमा पुगेका एक प्रेमीले स्वयँवर भइरहेकै बेला प्रेमिकाको माँग (सिउँदो) मा सिन्दुर लगाएको घटना आएको छ ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेश (युपी) मा प्रेमिकाको विहेमा पुगेका एक प्रेमीले उनको जयमाला अर्थात स्वयँवर भइरहेकै बेला पुगेर माँगमा सिन्दुर लगाएको हो ।
उत्तर प्रदेशको गोरखपुरमा अचानक बिहेमा पुगेका एक प्रेमीले बिह भइरहेको बेला उनको माँगमा सिन्दुर हाल्दै आफूसँग धोका गरेको भनिरहेको भिडियोमा सुन्न सकिन्छ । प्रेमीले उनको माँगमा सिन्दुर लगाईरहँदा बेहुला (दुल्हा) मुकदर्शक बनेका थिए ।
यो घटना गोरखपुरको हरदपुर बदुहट थानाक्षेत्रको छ , जहाँ बिवाहको क्रममा बेहुला बेहुली मँचमा स्वयँमवर जयमालाको विधि निर्वाह गरिरहेको थियो । जयमाला लगाउन तयार रहेको बेहुला भन्दा अगाडी नै प्रेमी आएर बेहुलीको माँगमा सिन्दुर थापेको भिडियो भाईरल बनेको छ ।
यो घटनापछि त्यहाँ बिहेमा आएका जन्ती र आफन्तको बीच तनावपूर्ण माहौल बन्यो । बेहुली पक्षले प्रहरीलाई बोलाएर घटनाको जानकारी दियो । प्रहरी आएपछि स्थानीयसँगको सहकार्यमा र परिवारजनसँगको सहकार्यमा अबेर रातीसम्म मामिला सुल्झाएर बेहुला बेहुलीलाई बिदाई गरेको बुझिएको छ ।
उता, प्रहरी आएपछि प्रहरीलाई देख्ने बितिकै प्रेमी फरार भएको बताइएको छ । प्रहरीलाई देख्ने बित्तिक्कै प्रेमी त्यहाँबाट भागेको स्थानीयहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
यो घटनाको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि त्यो गाउँको पनि माहौल बदलेको बताईएको छ । यद्यपी, त्यहाँका जेष्ठ नागरिकहले यसप्रति नियन्त्रण पाएको तथा प्रेमीलाई कुनै कारवाही नगरेको बताइएको छ ।
जेष्ठ नागरिकहरुले बेहुला बेहुलीलाई बिदाई गरी यस घटनालाई अधिक बढावा नदिन सबै पक्षसँग आग्रह गरिएको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…