हिन्दु साधुको भेषमा दुई शँकास्पद व्यक्ति पक्राउ
आफूलाई जोगि बताएपनि कुनैपनि हिन्दु देवी देवताको नाम समेत बताउँन सकिरहेको छैन ।

२०७८ मंसिर १९ आइतबार, बिहान ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । साधुको भेष धारण गरी नेपाल छिरेका दुई जना शँकास्पद व्यक्तिलाई स्थानीयहरुले पक्राउ गरेको छ ।
प्रदेश नम्बर २ वीरगन्जको नगवाबाट साधुको सन्तको भेषमा रहेका दुई जना संकास्पद व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ र पहिचान पत्र मागेपछि उनीहरुको साथमा कुनै पहिचान पत्र नरहेको र बाल्यकालको फोटो अंकित एउटा आधार कार्ड भेटिएपनि त्यसमा उनको नाम कुलदिप लेखिएको थियो भने, बुवाको नाम मुस्लिमको सलिम लेखिएको छ ।
प्रहरीले प्रारम्भीक अनुसन्धान गरेपछि पक्राउ परेका दुवैले आफनो घर ठेगाना गलत बताई रहेका थिए ।
कहिले दिल्ली त कहिले पन्जाब घर हो भन्दै थरी थरीका नाम परिर्वतन गर्न थालेपछि थप उनीहरुमाथि शंका बढेको हो ।
आफूलाई जोगि बताएपनि कुनैपनि हिन्दु देवी देवताको नाम समेत बताउँन सकिरहेको छैन ।
स्थानियहरुका अनुसार उनीहरुले आफूलाई हिन्दु बताएपनि हिन्दु धर्मावलम्बीको एउटा गुण समेत उनीहरुमा देखिएन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…