किसानको लागि सहयात्री हो साना किसानः मन्त्री यादव
सो कार्यक्रममा रास्टृय सहकारि बैंकको केन्द्रिय संचालक सद्स्य तथा ध्रुब नारायण यादव ,साना किसान लघुबित वितिय संस्था संचालक सद्स्य रबिन्द्र यादव ,साना किसान कृषि सहकारी संस्था प्रदेश नं २ को अध्यक्ष रामकुमार महतो , जनता समाजवादी पार्टी नेपालको धनुषाधाम नगर अध्यक्ष बिनोद यादव साना किसान दिगम्बरपुरको प्रबन्धक चन्द्रप्रकाश सिंह लगायत स्थानीयहरु व्यापक उपस्तिथि रहेको थिए ।

२०७८ मंसिर १८ शनिबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय कुमार यादवले साना किसान सहकारी सँस्था किसानहरुको लागि सहयात्री भएको बताएका छन् ।
शुक्रबार धनुषाको गोविन्दपुरस्थित साना किसान कृषि सहकारी सँस्थाको १६ औँ साधारणसभामा बोल्दै मन्त्री यादवले साना किसानको लागि मात्र नभएर किसान कृषकको जतिसुकै बेला सहयात्रीको रुपमा साना किसानले परिचय गराएको बताए ।
विपतमा परेका किसानलाई सहयोग गर्नको लागि सधैँ तत्पर रहने साना किसान सहकारी सँस्थामा जुट्नको लागि समेत किसानहरुलाई आग्रह गरे । उनले गाउँस्तरमा किसानको बस्ती सम्म पुगेर सेवा दिनु नै प्रशँसनीय रहेको बताए ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड धनुषा गोविन्दपुर धनुषा हाल धनुषाधाम नगरपालिका २ मंगलपुरको १६ औं वार्षिक साधारण सभा विधिवत रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष फिरण यादव तथा प्रमुख अतिथि भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री बिजय यादव रहेका थिए ।
अध्यक्षता गर्दै यादवले समयमा किसानलाई बचत तथा कर्जाको कार्यमा संस्था अग्रता देखाउदै आएको बताए । १६औं वार्षिक साधारण सभाको आय व्यय समेत प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा संस्थाका प्रवन्धक राजकुमार साहले संस्थाका गतिविधि लगायत विभिन्न विषयमा जानकारी गराए । साथै साधारण सभामा सहभागी भएर सफलता पुर्वक सम्पन्न गराएकोमा सबै प्रती धन्यवाद व्यक्त गरे ।
सो कार्यक्रममा रास्टृय सहकारि बैंकको केन्द्रिय संचालक सद्स्य तथा ध्रुब नारायण यादव ,साना किसान लघुबित वितिय संस्था संचालक सद्स्य रबिन्द्र यादव ,साना किसान कृषि सहकारी संस्था प्रदेश नं २ को अध्यक्ष रामकुमार महतो , जनता समाजवादी पार्टी नेपालको धनुषाधाम नगर अध्यक्ष बिनोद यादव साना किसान दिगम्बरपुरको प्रबन्धक चन्द्रप्रकाश सिंह लगायत स्थानीयहरु व्यापक उपस्तिथि रहेको थिए ।
कार्यक्रममा शेयर सद्स्यका बालबालिकाद्वारा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…