ओमिक्रोनको पहिलो सँक्रमति होटलबाटै भागे 

२०७८ मङ्सिर १७ शुक्रबार
दिउसो ४:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । कोरोना भाइरसको नयाँ भेरियन्ट भनिएको ओमिक्रोन (Omicron) सँक्रमित एक जना होटलबाटै भागेको बताइएको छ । 

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको दुई सँक्रमित फेला परेको मध्ये एक जना भारतबाट भागेको भारतीय सँचारमाध्यमहरुको रिपोर्ट छ । 

भारतको कर्नाटकको बेँगलुरुमा कोरोना भाइरसको नयाँ भेरियन्टको दुई सँक्रमित पाएको छ । सोहीबीच एक बिदेशी भारतबाट भागेको बताइएको छ । 

एक अफ्रिकी नागरिक भारत आएर दुबई फिर्ता गएको बताइएको छ । जिनोम सीक्वेसिँगको रिपोर्ट अनुसार उनी भारतमा ओमीक्रोनको पहिलो सँक्रमित थिए । 

ओमीक्रोनबाट सँक्रमित साउथ अफ्रिकाको ६६ बर्षिय ती नागरिक एक फार्मास्यूटिकल कम्पनीको प्रतिनीधि रहेको बुझिएको छ । उनी गत २७ नोभेम्बरको भारतको बेँगलुरुबाट दुबई फिर्ता गए । 

उनी गत २० नोभेम्बरको साउथ अफ्रिकाबाट भारत आएका थिए । जब उनी बेँगलुरु पुगेका थिए तब उनको रिपोर्ट नेगेटिभ आएको थियो । 

उनी बेँगलुरुस्थित स्टार होटलमा रहेका थिए । त्यहाँको बसन्तनगरस्थित रहेको स्टार होटलमा रहेका उनलाई टेष्ट गरेपछि उनको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । 

उनको रिपोर्ट पोजिटिभ आएपछि गत २२ नोभेम्बरको उनको सैँम्पल जीनोम सिक्वेसिँगको लागि पठाइएको थियो । अर्को दिन २३ नोभेम्बरको उनलाई एक प्राईभेट ल्याबमा टेष्ट गराइयो, जहाँ उनको रिपोर्ट फेरी एक पटक नेगेटिभ आएको र सोही रिपोर्ट देखाएर होटलबाट निस्केको बताईएको छ । 

जीनोम सिक्वेसिँगको रिपोर्ट आएपछि जब उनलाई स्थानीय प्रशासनले साउथ अफ्रिकाको ती व्यक्तिलाई खोज तलास गरे उनी दुबई गएको जानकारी प्राप्त भयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७८ मङ्सिर १७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus