सिरहा प्रहरीका हबल्दार 'सँतोष झा' तस्करको सेटिँगकर्ता (अडियो सहित)
उनले सिरहाका पत्रकारहरुलाई आफ्नो व्यथा सुनाएपनि कोही कसैले कुनै चासो नलिएको गुनासो पोखे ।

२०७८ मंसिर १७ शुक्रबार, बिहान ९:५० बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लामा भारतबाट राजस्व छली गरी आउने प्रायः करोडौँको समान सिरहा प्रहरीका हबल्दार सँतोष झा को बिना मन्जुरीले आउँदैनन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा हबल्दार पदमा कार्यरत सँतोष झा सिरहाको विभिन्न नाकाबाट हुने तस्करीको मुख्य पात्र हुन् । उनको अनुमति बिना भारतबाट ल्याउँने लाखौँ करोडौँको समान त्यतिकै नेपाल छिर्दैनन् ।
सिरहाको माडर नाकासहित अन्य नाकाबाट आउने समानलाई गनतव्यसम्म पुरयाउनको लागि तस्करहरुको चालकको रुपमा सँतोष झा लाई चिनिन्छन् । कुनै बेला करोडौँ रुपैयाँ राजस्व उठाउने माडर खटोका भन्सार कार्यालयको राजस्व गिराबटको लागि सँतोष झा मुख्य पात्रको रुपमा चिनिन्छन् ।
सिरहामा हुने तस्करीको लाईन दिनको लागि व्यापारीहरु सँतोष झाकै सेटिँगमा समान ल्याउने गर्छन् । जिल्लाभरिमै अधिक लगानीको समान भारतबाट भित्र्याउनको लागि सँतोष झा तस्करलाई लाईन दिएर गन्तव्य सम्म पुरयाउने गरेको आरोप छ ।
सोही क्रममा नेपाल भारतको सीमामा तस्करीको समाचार लेख्ने सिरहाकै एक सँचारकर्मीलाई फँसाउने प्रयास गरे सँतोष झा । रौतहट जिल्लामा प्रहरीको घुमुवाले पत्रकारलाई फँसाउने भिडियो सार्वजनिक भएकै बेला सिरहामा पनि हबल्दार सँतोष झाले एक सँचारकर्मीलाई फँसाउने षडयन्त्र रचेपनि अन्तत असफल रहे ।
गत आईतबार आफूलाई जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवा दाबी गर्ने हबल्दार सँतोष झाले सिरहा लहानका सँचारकर्मी सुरेन्द्र दासलाई आफ्नो व्यक्तिगत डेरामा बोलाएर फँसाउने प्रयास गरेको आरोप लगाएका छन् ।
तस्करहरुको समाचार प्रकाशित गरेपछि सँतोष झाले सँचारकर्मी दासलाई आफ्नो डेरा बोलाएर तस्करसँग सेटिँग गराउन दबाब दिएका थिए । उनले तस्करहरुको समाचार नलेख्न र व्यापारीहरुसँग हात मिलाउन भन्दै आफ्नो डेरा बोलाएका थिए ।
तस्करहरुको समाचार लेखेपछि दासलाई तस्करहरुले फँसाउनको लागि हबल्दार सँतोष झालाई माध्यम बनाएको बुझिएको छ । नेपाल प्रहरी जस्तो गरिमामय सँगठनमा रहेर पनि सँतोष झाले तस्करसँग सेटिँग गराउन खोजेपछि सँचारकर्मी दास तत्कालै त्यहाँबाट निस्कन खोजेका थिए ।
सँतोष झा विगत ९ बर्षदेखि एउटै ठाउँमा कार्यरत छन् । उनी ९ बर्षदेखि नै जिल्ला प्रहरी कार्यालय सिरहाको घुमुवा बनेर कार्यरत छन् । यतिको एसपी डिएसपी आएगएपनि उनी जहाँको त्यही यथेष्ट छन् ।
तल ग्राण्डमा मोटरसाईकल पार्क गरी सँचारकर्मी दासले तेस्रो तल्ला रक्सी खाँदै बसेका हबल्दार सँतोष झाले एक जनालाई तल पठाएको आरोप छ । उनको डेरामा पुगेपछि पहिलेदेखि नै तीन जना एक टेबलमा बसेर दिउँसो १ बजे नै रक्सी खाईरहेको अवस्थामा देखेको बताउँदै सँचारकर्मी दासले आफूलाई शँका लाग्दा त्यहाँबाट निस्केको बताए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा सँचारकर्मी दासले आफूलाई रोक्न खोज्दा पनि बाहिर निस्केको बताउँदै तल जाँदा एक जना अपरिचित व्यक्तिले झोला लिएर मोटरसाईक नजिक उभिँएको बताए ।
एक अपरिचित व्यक्ति दासकै मोटरसाईक नजिक झोलामा केही बोकेर उभिएको देख्दा झन डर लागेर आएको बताए । “म तल झर्दा एक जना व्यक्ति मेरो मोटरसाईकल नीरै खडा भएको थियो । मलाई झन डर लाग्यो, त्यसअघि सँतोष झाले एक जनालाई समातेर हाकिमलाई बुझाउनु छ भनेर भनेपछि मलाई त्यतिबेला नै डर लागेको थियो । तल आउँदा पनि एक जना अपरिचित मान्छे आफ्नै मोटरसाईकल निर देखेपछि झन त्रसित महसुस गरे ।”– उनले भने ।
शँका लागेर त्यही रहेको एक चिया पसले काकालाई मोटरसाईकल चेक गर्न भनेपछि दुवै जना मिलेर चेक गरेपछि केही नभेटाउँदा मात्र घर फर्केको उनले बताए । उनलाई फँसाउनको लागि हबल्दार सँतोष झाले षडयन्त्र रचेपनि असफल भएको आरोप लगाएका छन् ।
उनले सिरहाका पत्रकारहरुलाई आफ्नो व्यथा सुनाएपनि कोही कसैले कुनै चासो नलिएको गुनासो पोखे । उनले सँतोष झाको नाम भनेपछि पत्रकारहरुले समेत फोन उठाउन छाडेको आरोप लगाए ।
सिरहाका केही पत्रकारहरु तस्कर र प्रहरीसँग समेत साँठगाँठ गरेको समाचारहरु विभिन्न समयमा प्रकाशित भएको छ । उनीहरुले पनि तस्कर र सँतोष झा जस्ता सेटिँगबाजलाई बचाउ गरेको आरोप लाग्दै आएको छ ।
यता, हबल्दार सँतोष झाले सँचारकर्मी दासले नै आफूलाई फोन गरेको बताउँदै उनको मानसिक सन्तुलन बिग्रेको आरोप लगाए । दासलाई आफू किन फँसाउने भन्दै झाले आफूमाथि लगाएको आरोप गलत रहेको दाबी गरे ।
हबल्दार झाले सँचारकर्मी दास बिदेशबाट आएको र उनी अधिक ऋणमा डुबेपछि मलाई फोन गरेको दाबी गरेका छन् । ऋणको कारण उनको मानसिक सन्तुलन बिग्रेको बताएका छन् । यद्यपी, सँचारकर्मी दासले आफूलाई बदनाम गर्नको लागि झाले यस्तो आरोप लगाएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवम् प्रवक्ता सुभाष बुढाथोकीले सँतोष झा हबल्दार रहेको र अहिले उनी काठमान्डौँमा तालिमको क्रममा गएको बताए । सँचारकर्मी दासले समेत मगँलबार मात्र उनी काठमान्डौँ गएको बताएका छन् । हबल्दार झाले समेत आफू काठमान्डौँ आएको बताए ।
एक सँचारकर्मीसँग हबल्दार सँतोष झाको भएको कुराकानीको अडियो

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…