जन्ती लिएर नगएपछि बेहुलीले दिइन बेहुलाको घर अगाडी धर्ना
सुरुमा सुमित उनको साथ दिएपनि पछि उनको परिवारजनको कुरा सुनेर उनलाई वेवास्ता गर्न खोज्दै कैयौँ पटक कोठामा बन्द गरेको आरोप लगाएकी छन् । यो सम्बन्धमा युवतिले कैयाँै पटक प्रहरीमा उजुरी पनि दिएकी छन् ।

२०७८ मंसिर ९ बिहीबार, बिहान ९:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिहेको दिन तय हुँदा पनि जन्ती लिएर नगएपछि बेहुलाको घर अगाडी बेहुलीले धर्ना दिएकी हुन् ।
छिमेकी मुलुक भारतको ओडिसास्थ्ति बरमहपुरमा बेहुलीले आफ्नी आमासँगै बिहे हुने भनिएको बेहुलाको घर अगाडी धर्नामा बसेकी हुन् । बिहेकै दिन जन्ती (बाराती) लिएर नगएपछि बाध्य भएर बेहुली धर्नामा बसेको बताइएको छ ।
केहीदिन अघि नै बिहे हुने भनिएको बेहुलासँग कोर्ट म्यारेज (कानुनी विवाह) गरेकी बेहुलीले दुवै परिवारजनको सहमति अनुसार साज सज्जा गरेर हिन्दु परम्परा अनुसान बिहे गर्ने कार्यक्रम तय भएको थियो ।
बिहेको दिन तोकिएको भएपनि सो दिन बेहुलाले बेहुलीको घरमा जन्ती लिएर गएनन् । बेहुली पक्षले घण्टौँसम्म प्रतिक्षा गरेपनि बेहुला पक्षले कुनै जानकारी नै दिएनन् । बेहुलीले मेसेज, कल गरेपनि उनको कुनै जवाफ नआएपछि आक्रोसित बनेकी बेहुली आमासँगै उनको घर अगाडी धर्ना दिएको बताइएको छ ।
घटनाको बारेमा जानकारी पाएलगत्तै प्रहरी आएर उनीहरुलाई सम्झाउने प्रयास गरेको थियो । तर, आक्रोसित आमाछोरीले प्रहरीमाथि समेत आक्रोस पोखिन् । उनीहरुले बेहुला पक्षबाट प्रहरीले घुस लिएको आरोप समेत लगाईन् ।
यो मामिलामा बरहमपुरका एसपी पिनाक मिश्राका अनुसार, सोही जिल्लाका सुमित नामक युवकसँग उनको कानुनी बिहे भएको थियो । कुनै अन्य मामिलामा पनि ती युवतिले प्रहरीमा उजुरी दिएको रेकर्ड फेला परेको छ ।
बिहेकै दिन जन्ती लिएर आउने आसमा बसेकी बेहुली पक्षले बेहुला पक्षको परिवारजनमाथि निवेदन दर्ता गराएकी हुन् । यो मामिलामा सुनुवाई अगाडी बढाइएको छ भने अदालतको आदेश बमोजिम थप कारवाही अगाडी बढने प्रहरीले जनाएको छ ।

दुल्ही (बेहुली) का अनुसार, उनी सुमितसँग गत बर्षको ७ सेप्टेम्बरमा कोर्ट म्यारिज गरेकी थिइन् । उनको ससुरापक्ष अर्थात युवक पक्ष पहिलेदेखि नै उनलाई प्रताडित गरिरहेको आरोप लगाएकी हुन् ।
सुरुमा सुमित उनको साथ दिएपनि पछि उनको परिवारजनको कुरा सुनेर उनलाई वेवास्ता गर्न खोज्दै कैयौँ पटक कोठामा बन्द गरेको आरोप लगाएकी छन् । यो सम्बन्धमा युवतिले कैयाँै पटक प्रहरीमा उजुरी पनि दिएकी छन् ।
प्रहरीमा उजुरी दिएपछि दुवै परिवारबीच सम्झौता भएको बताइएको छ । गत २२ नोभेम्बर २०२१ को बिहे तय भएको थियो । तर, बेहुला पक्षले जन्ती लिएर नआएपछि उनी आफ्नो आमासँगै बेहुलाको घर अगाडी धर्ना दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…