चिताबाट लास नियन्त्रणमा, ४ जना पक्राउ
न्यूज ब्यूरो || रौतहट, ७ चैत्त । रौतहट प्रहरीले एक महिलाको शवलाई मंगलवार चिताबाट नियन्त्रणमा लिएको छ । महिलाको हत्या गरिएको आशंकामा प्रहरीले लासलाई नियन्त्रणमा लिएर जलाउन गएका ४ जनालाई समेत पक्राउ गरेको छ । एका बिहानै महिलाको लासलाई खोलामा जलाउन पुगेका कटहरिया नगरपालिका ५ का भन्टु साह, राम बालक साह,

२०७४ चैत ७ बुधबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
रौतहट, ७ चैत्त । रौतहट प्रहरीले एक महिलाको शवलाई मंगलवार चिताबाट नियन्त्रणमा लिएको छ ।
महिलाको हत्या गरिएको आशंकामा प्रहरीले लासलाई नियन्त्रणमा लिएर जलाउन गएका ४ जनालाई समेत पक्राउ गरेको छ ।
एका बिहानै महिलाको लासलाई खोलामा जलाउन पुगेका कटहरिया नगरपालिका ५ का भन्टु साह, राम बालक साह, राजदेवी नगरपालिका ३ का राजकिशोर साह र सुरेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
लासलाई चाँडै जलाउन दुई लिटर पेट्रोल र ४ किलो चिनी सहित आफन्तहरु नदीमा पुगेका थिए ।
लासमा आगो लगाउने तयारी गरिरहेको बेला पुगेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर लाशलाई कब्जामा लिएका थिए ।
पति विजय साह सोनार र पत्नी राजकुमारी साहबीच झगडा सोमवार राती झगडा भएको थियो ।
झगडाको क्रममा श्रीमानले महिलालाई चरम यातना दिएको र घाँटी थिचेर हत्या गरेको स्थानीय बासिन्दाहरुले जनाए । आजको जनकपुर टुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…