भर्खरै, पत्रकारमाथि गोली प्रहार, अवस्था गम्भिर भएपछि रिफर !

केहीबेरपछि उनको अवस्था झन बिग्रीन थालेपछि उनलाई पूर्णिय अस्पतालमा रिफर गरिएको जनाईएको छ ।

२०७८ मङ्सिर ५ आइतबार
बेलुकी ७:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आज साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ । नेपाल भारत सीमासँगै रहेको भारतको बिहार राज्य अररियामा पत्रकारमाथि गोली प्रहार भएको छ । 

छिमेकी मुलुक भारतको बिहारमा विगत केही दिनदेखि लगातार अपराधिक क्रियाकलापमा वृद्धि भएको छ । यो सँगै आईतबार साँझ एक पत्रकारलाई एक समूहले गोली प्रहार गरेको छ । 

आईतबार (आज) साँझ बिहारको अररिया जिल्लाको रानीगँज प्रखण्डमा एक हिन्दी दैनिकका सँवाददता पत्रकार बलराम विश्वासलाई एक समूहले गोली हानेका छन् । 

गोली प्रहारपछि गम्भिर घाईते भएका पत्रकार विश्वासलाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई रानीगँजबाट सदर अस्पताल अररिया लगिएको न्यूज ब्यूरोका सीमा संवाददाता राजेश कुमार शर्माले जानकारी दिए । 

केहीबेरपछि उनको अवस्था झन बिग्रीन थालेपछि उनलाई पूर्णिय अस्पतालमा रिफर गरिएको जनाईएको छ । जानकारी अनुसार, यसको लागि अघि नै प्रहरीलाई लिखित सूचना दिइएको थियो । 

सुरक्षा खतरालाई मध्यनजर गर्दै स्थानीय प्रहरीमा पत्रकार विश्वास सहित अन्य दैनिक पत्रिकाका पत्रकारहरुको जीउ ज्यानको सुरक्षाको लागि लिखित निवेदन दिएपनि प्रहरीको वेवास्तले यस्तो घटना भएको आरोप छ । 

लिखित उजुरीपछि पनि प्रहरीले कुनै कदम नचालेपछि यस्तो घटना भएको बताइएको छ । समाचार सँकलन गरी घर फर्कने क्रममा उनलाई बदमासहरुले गोली हानेको न्यूज ब्यूरोकर्मी राजेश शर्माले डेस्कलाई जानकारी गराए । 

गोली पत्रकार बलराम विश्वासको छातीको नजिक लागेको छ । त्यही, रानीगँजका स्थानीय पत्रकारहरुलाई उदृत गर्दै रानीगँज थानेदारलाई सबै सबुत प्रमाणहरु समेत उपलब्ध गराइएको हो । यो घटना आज साँझ ६ बजेको हो । 

फेसबुकमा आरोपीले खुल्लेआम गोली हान्ने धम्की दिँदै आएका थिए । यसको लागि प्रहरीलाई पहिले नै सुरक्षा चुनौती भएको भन्दै जानकारी गराएको थियो । अहिले आरोपित पक्राउ परेका छन् । 

नेपाल भारत सीमा (बोर्डर) देखि मात्र ३० किलोमिटर भित्र रहेको घटनास्थलको मुचुल्का उठाएर स्थानीय प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । गोली चलाउने सुमन साहलाई स्थानीयहले लखेटेर पक्राउ गरेको थियो । 

गोली हानेर भाग्दै गर्दा साहलाई स्थानीयहरुले पक्राउ गरी कुटिपट गर्दा साह पनि घाईते भएका छन् । आक्रोसित भीडले उनलाई कुटपिट गरेको प्रहरीलाई उदृत गर्दै संवाददाता शर्माले जानकारी दिए 

स्थानीयहरुको कुटपिटबाट घाईते भएका आरोपी साहलाई पनि अररिया अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनले किन पत्रकार विश्वासलाई गोली हानेको बारे अझै खुलेको छैनन् भने स्थानीयहरुका अनुसार दुवै जनाबीच व्यक्तिगत रिसबी चल्दै आएको थियो । 

घटनास्थलमा पुगेर सदर एसडिपीओ पुष्कर कुमार, मुख्यालय डिएसपी सुबोध कुमार, रानीगँज थानाध्यक्ष कौशल कुमार, आरएस ओपी थानाध्यक्ष मनिष कुमार, नगरथानाध्यक्ष आदित्य कुमार, बैरगाछी ओपी थानाध्यक्ष मेनका रानी सदरबलको साथ अस्पताल पुगेर घटनाको जानकारी लिएका छन् । 

स्थानीयहरुले समातेको आरोपी सुमन साहलाई अहिले प्रहरीले सोधपुछ गरी अनुसन्धान गरिरहेको जनाइएको छ । 

  • 0%
  • 33%
  • 0%
  • 0%
  • 67%
  • 0%

बलिवुड हिरोइन ज्याक्लीन फर्नान्डिज एयरपोर्टबाटै पक्राउ 

  • २०७८ मङ्सिर ५ आइतबार

एजेन्सी । शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् । ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी) ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।  यद्यपि उनलाई विदेश

पूरा पढ्नुहोस्

Bureau Menus