यो कस्तो जमाना ?

आफ्नै काकीलाई लिएर भतिजो फरार

दुवै जनालाई धेरै ठाउँमा खोजतलास गरेपनि भेटाउन सकेको छैनन् ।

२०७८ मङ्सिर ५ आइतबार
बिहान ०७:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । काकी आमा सरह हुन्छन् । तर, आफ्नै काकीलाई लिएर एक युवक फरार भएको घटना बाहिर आएको छ । 

यो घटना छिमेकी मुलुक भारतको रहेको छ । भारतको राजस्थानस्थित भरतपुरबाट यस्तै एक मामिला आएको छ । जहाँ भतिजोले नै आफ्नो दुल्हिन काकीलाई लिएर फरार भएका छन् । 

काकासँग बिहेपछि घर आएकी काकीसँग युवकलाई प्रेम सम्बन्ध बस्यो । मौका छोपेर दुवै जना घरबाट फरार भएपछि पीडित काकाले आफ्नै भतिजो विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । 

यो मामिला राजस्थानको मथुरा गेट थाना ईलाकाको रहेको बताईएको छ । जहाँ किशनपुर कलोनीमा एक युवकको दुई बर्ष अघि विहे भएको थियो । तर, उनकी १९ बर्षिय श्रीमति र उनका २४ बर्षिय भतिजोबीच प्रेम प्रसँग सुरु भयो । 

गत १६ अक्टोबरकै दिन काकी र भतिजो घरबाट फरार भए । उनी दुवै जनाको खोज तलासको लागि परिवारका सदस्यहरु लागेका छन् । 

पीडित युवकका काकाले गत १६ अक्टोबरको राती उनकी श्रीमति र उनका भतिजो घरबाट फरार भएको दुःखेसो पोखे । उनीहरुको खोजतलास अझै जारी राखिएको बताइएको छ । 

दुवै जनाको विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको छ । पीडितका अनुसार, पछिल्लो लामो समयदेखि दुवै जनाबीच प्रेम सम्बन्ध चलिरहेको थियो । दुवै जनालाई कैयौँ पटक सम्झाउने प्रयास गरियो तर उनीहरु मौका छोपेर घरबाट भागे । 

त्यही काकी लिएर फरार भएका युवक विरुद्ध उनकी हजुरआमा (दादी) पनि प्रहरीमा उजुरी गरेकी हुन् । प्रहरीका अनुसार, फरार भएकी युवककी हजुरआमा कमला नामक महिलाले उजुरी दर्ता गराएकी हुन् । 

उनको नाती (पोता) उनकी बुहारी (पुतौह)  लाई लिएर भागेको भन्दै नजिकको प्रहरीमा गएर उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । दुवै जनालाई धेरै ठाउँमा खोजतलास गरेपनि भेटाउन सकेको छैनन् । 

मथुरा गेट थानाका एएसआई रामबीर सिँहका अनुसार, दुवै जना विरुद्ध उजुरी दर्ता गरिसकेको छ । प्रहरीले उनीहरुको खोजतलास पनि तिव्रता पारेको जनाइएको छ । 

  • 0%
  • 28%
  • 0%
  • 0%
  • 8%
  • 64%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७८ मङ्सिर ५ आइतबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus