श्रीमान हुँदाहुँदै अर्कै युवकसँग चोरेर बिहे, श्रीमति फिर्ता गरिदिन प्रहरीसँग गुहार

२०७८ मङ्सिर ४ शनिबार
बिहान ०९:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पहिलो श्रीमान हुँदाहुँदै अर्कै युवकलाई मन दिएपछि आफ्नो श्रीमति फिर्ताको लागि श्रीमानले प्रहरीलाई गुहार लगाएको घटना बाहिर आएको छ । 

छिमेकी मुलुक भारतको मध्य प्रदेशको भिंडबाट एक चाखलाग्दो घटना बाहिर आएको छ । जहाँ एक पुरुष प्रहरीचौकी पुगेर आफ्नो श्रीमति फिर्ता गराइदिनको लागि गुहार लगाए । 

उनकी श्रीमतिले बिना तलाख (डिभोर्स) कै दोस्रो बिहे गरेर पहिलो श्रीमानसँग महिनाको खर्च लिदैँ दोस्रो श्रीमानसँग बस्न थालिन । महिलाको अनुसार उनलाई पहिलो श्रीमान पसन्द नै छैन् । 

यो मामिला मध्य प्रदेशको भिंडको मेहगांव भन्ने ईलाकाकाको रहेको बताइएको छ । मेहगांव निवासी धर्मेन्द्र जाटवको चार बर्षअघि ४ मार्च २०१७ मा राखी नामक महिलासँग विहे भएको थियो । 

बिहेको केही महिनापछि धर्मेन्द्र र राखी बिना छुटपत्रकै अलग अलग भए । सो क्रममा धर्मेन्द्रले आफ्नो श्रीमति राखीलाई प्रत्येक महिना भरणपोषण पनि दिँदै आएका थिए तर, अचानक एक दिन राखीले अर्केसँग विहे गरेको जानकारी पाए । यति मात्र होईन, राखी अर्को श्रीमानसँग गर्भवति पनि भएकी हुन् । 

यसको बारेमा जानकारी पाएलगत्तै धर्मेन्द्र प्रहरी थाना पुगेर डिएसपी पुनम थापासँग आफ्नो श्रीमति फिर्ताको गुहार लगाउन लागेको बताइएको छ । 

डिएसपी पुनम थापाले धर्मेन्द्रकी श्रीमति र उनकी दोस्रो श्रीमानलाई पनि बोलाइन् । राखीले पहिलो श्रीमान धर्मेन्द्रसँग जानको लागि राजी भइनन्, उनले ईन्कार गरिन् । 

राखीकी अर्को श्रीमानले धर्मेन्द्रसँग उनको बिहे भएको वा अर्को कुनै बिहे भएको बारेमा आफूलाई कुनै जानकारी नभएको सुनाए । 

राखीले दोस्रो बिहे मन्दिरको साथै कोर्टमा पनि गरेकी हुन् । त्यही पहिलो श्रीमान धर्मेन्द्रले प्रहरीसँग आफ्नो श्रीमति फिर्ता हुनुपर्ने माग गरेका छन् । धमेन्द्रले उनलाई महिनबारी रुपमा भरणपोषण दिँदै आएको छ । 

तर, यहाँ धर्मेन्द्र भन्छन्, पहिलो श्रीमानसँग डिभोर्स नै नभई अर्को बिहे कसरी हुन सक्ने ? यस मामिलामा डिएसपी पुनम थापाले वैद्यानिक रुपमा दोषीमाथि कारवाही हुने बताइन् । 

  • 2%
  • 71%
  • 5%
  • 2%
  • 0%
  • 7%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७८ मङ्सिर ४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }