जनकपुरका युवा डाक्टर दुबईमा जिते वेस्ट मोडेल अवार्ड
उनी भन्छन्,–“पेशाले डाक्टर हुँ, तर मोडलिँगमा मेरो शौख छ ।

२०७८ मंसिर ३ शुक्रबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामका एक युवा डाक्टर मोडलिँगमा वेस्ट मोडेलको अवार्ड जीत्न सफल भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदमचोक बस्ने विमल शाहको छोरा नविन शाहले युनाइटेड अरब ईमिरेट्सको दुबईमा आयोजित मोडेल फँक्सनमा वेस्ट मोडेलको अवार्ड जित्न सफल भएका छन् ।
पेशाले डाक्टर रहेका शाहले दुबईस्थित आयोजना गरिदिएको तीनदिने वल्ड फैशन फेस्टिवल अवार्डमा उनले वेस्ट मोडेलको अवार्ड हात पार्न सफल भएका हुन् ।
फैशन फेस्टिवल गत अक्टोबर महिनाको २८, २९ र ३० तारिख गरी तिनदिनसम्म भएको थियो । उनले सो अवार्ड जितेर अन्तराष्ट्रिय स्तरमा नेपालको नाम पनि उँचो पार्न सफल भएका छन् ।
जनकपुरका शाहका बुवा अवकाश प्राप्त कृषिका कर्मचारी हुन् भने उनका दुई बहिनीमध्ये एक डाक्टर र अर्की एमबिए हुन् ।

नविन शाहले अरब जस्तो देशमा वेस्ट मोडेलको अवार्ड जितेपछि देशप्रति गौरवान्ति भएको बताए । न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा उनले देशलाई चिनाउनको लागि भएपनि डाक्टरीको साथै मोडलिँग पनि गरेको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…