'स्टाफ नर्स सरमिष्ताको हत्या भएको छ' : परिवारजन
दिपेन्द्र सिंह || जनकपुरधाम, ६ चैत्त । जनकपुरको पिडारीचौकस्थित पंखामा झुन्डिएको अवस्थामा फेला परेको सरमिष्ता बरालको हत्या गरिएको परिवारजनले दावि गरेका छन । सिन्धुली स्थाय घरका आनन्द बरालकी ३७ वर्षीय श्रीमती करिव ६ वर्षदेखि जनकपुरको ब्रह्मपुरीस्थित जानकी मेडिकल कलेजको सिटी अस्पतालमा स्टाफ नर्सको रुपम

२०७४ चैत ६ मंगलबार, बेलुकी ५:५४ बजे२ मिनेट पढाइ

दिपेन्द्र सिंह ||
जनकपुरधाम, ६ चैत्त । जनकपुरको पिडारीचौकस्थित पंखामा झुन्डिएको अवस्थामा फेला परेको सरमिष्ता बरालको हत्या गरिएको परिवारजनले दावि गरेका छन ।
सिन्धुली स्थाय घरका आनन्द बरालकी ३७ वर्षीय श्रीमती करिव ६ वर्षदेखि जनकपुरको ब्रह्मपुरीस्थित जानकी मेडिकल कलेजको सिटी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत रहेको थियो ।
घटना हुनु भन्दा केही दिन अगाडी मेडिकलमै एम।वि।वि।एसमा अध्ययनरत मनिष यादवले मार्ने धम्कीसहितके म्यासेज पठाएको मृतकका परिवारजनले बताएका छन ।
उनीहरुविच जग्गा विवाद समेत रहेको बुझिएको छ ।
मृतक बरालकी छोरी समेत जानकी मेडिकल कलेजबाटै स्टाफ नर्सको पढाई सकेर हाल काठमाण्डौ गएकी छिन ।
घटना भएको राती १० बजेसम्म छोरीसंग मोवाइलमा कुरा गरेकी उनको ११ बजे पंखामा झुन्डिएर मृत्यु भएको खबर समेत मनिष यादवले मृतकका छोरीलाई फोन गरि सुनाएको बताएका छन ।
यादवले घटना हुनु अगाडी समेत तिम्रो आमा मर्दैछ भनेर खवर गरेको मृतकका देवर राजकुमार बरालले जानकारी दिएका छन ।
एउटै संस्थामा काम गर्ने उनीहरुविचको सम्बन्ध नजिक भएकाले यादव मृतक बरालको कोठामा नियमित आउने जाने गरेको स्थानियहरुले जनाएका छन ।
बराल पिडारीचौकस्थित विक्की थापाको घरमा डेरा गरि बस्दै आएका थिए । मृतकका देवर राजकुमार बरालका अनुसार मनिष यादव घटना भए लगतै फरार भएका छन ।
उनको मोवाइल नम्बर ९८१६८६७८२२ मा फोन लाग्ने गरेको भएतापनि आफु जनकपुर बाहिर छु जवाफ फर्काउने गरेको छ ।
घटनाबारे जानकारी लिन परिवारजनले आरोप लगाएका मेडिकलकै विद्यार्थी मनिष यादवलाई मोवाइलमा सम्पर्क गर्दा बरालकोे कोठामा आफु गएको तर घटनापछि सिस्टरहरुले पुलिसलाई फोन गरेको बताउँदै बाँकी भेटेर कुरा गर्ने भनिए पनि उनी प्रत्यक्ष सम्पर्कमा आउन चाहि रहेको छैन ।
यता , मृतक बरालको जनकपुर अंचल अस्पतालमा पोस्र्टमाटम गरि आइतवार राति नै काठमाण्डौस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरि सकेको भएतापनि पोस्र्टमार्टमको रिर्पोट आउन सकेको छैन ।
यता, परिवारजन दाहसंस्कार गरि काजमा रहेकाले गर्दा तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिन नसकेको भन्दै २ दिनपछि जनकपुर आएर किटानी जाहेरी दिने मृतकका परिवारजनले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…