पशुपंक्षीपालन सहकारी संघ र केन्द्रीय मत्स्य सहकारी संघबीच एकिकरण हुँदैछः अध्यक्ष साह
मत्स्यपालन केन्द्रीय संघको गत वर्ष निर्वाचनसहितको साधारण सभाले एकीकरणको विषयलाई अनुमोदन गरेको थियो भने केन्द्रीय पशुपंक्षीपालन सहकारी संघको पनि हालै सम्पन्न साधारण सभाले मर्जरलाई अनुमति प्रदान गरेको थियो । प्रत्युत्तरमा सहकारी विभागबाट दुवै सँस्थाबीच एकिकरणको लागि स्वीकृति दिएको हो ।

२०७८ मंसिर १ बुधबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुई विषयगत केन्द्रीय सहकारी संघहरु एकीकरण हुने भएका छन् ।
केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लि. नेपाल र नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि. बीच एकीकरण हुने भएको हो ।
एकीकरणका लागि सहकारी विभागबाट पूर्व स्वीकृति पत्र प्राप्त भएसँगै दुबै संघलाई एकीकरणमा जान बाटो खुलेको हो ।
केन्द्रीय मतसय सहकारी संघ लि. नेपालका अध्यक्ष सन्जय कुमार साहले सहकारी विभागबाट २०७८ असोज २९ गते पूर्व स्वीकृति पत्र प्राप्त भएको जानकारी गराउनुभयो ।
अध्यक्ष साहले तराई क्षेत्रका जिल्लाहरुका तालिमहरु सञ्चालन गर्ने क्रममा मत्स्यपालन सहकारी संघका पदाधिकारीहरुसँग भेट हुँदा एकीकृत रुपमा दरिलो बनेर अघि बढ्नुपर्छ भन्ने मनसाय व्यक्त गरिएपछि आफुहरु पनि इच्छुक भएको बताउनुभयो ।
सोही अनुरुप दुबै संघको सञ्चालक समितिले मर्जको बिषयलाई सकारात्मक रुपमा लिई संयुक्त कार्यदल गठन गरेको थियो ।
कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा २०७८ साल असोज ६ गते संघीय सहकारी विभागमा एकीकरण पूर्व स्वीकृतिका लागि पत्राचार गरिएको थियो ।
मत्स्यपालन केन्द्रीय संघको गत वर्ष निर्वाचनसहितको साधारण सभाले एकीकरणको विषयलाई अनुमोदन गरेको थियो भने केन्द्रीय पशुपंक्षीपालन सहकारी संघको पनि हालै सम्पन्न साधारण सभाले मर्जरलाई अनुमति प्रदान गरेको थियो । प्रत्युत्तरमा सहकारी विभागबाट दुवै सँस्थाबीच एकिकरणको लागि स्वीकृति दिएको हो ।
एकीकृत संघको नाम केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघ लि. नेपाल नाम प्रस्ताव गरिएको छ । यद्यपि, दुवै संघको संयुक्त साधारण सभामार्फत सबै कुरो टुङ्गो लाग्ने नेपाल केन्द्रीय मतसय सहकारी संघ लि।का अध्यक्ष साहले जानकारी गराउनुभयो ।
‘एकीकरण कार्यविधि तथा संयुक्त साधारण सभाको निर्णयको आधारमा बाँकी विषयहरु तय गर्छौ,’ उहाँले भन्नुभयो, ‘दुवै संघबाट तदर्थ समिति गठन हुन्छ । एकीकृत विनियम र कार्यविधि पास भएपछि अरु कुरोहरु टुङ्गो लाग्छ ।’ त्यसका लागि चाँडै नै संयुक्त साधारण सभा गर्ने तयारीमा जुट्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…