वडासदस्य साह र राय मोटो घुस रकमसहित रँगेहात पक्राउ
दुवै जनालाई प्रहरीको सहयोगमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासमा ल्याइएको जनाइएको छ ।

२०७८ कार्तिक २९ सोमबार, दिउँसो ४:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को एक स्थानीय तहका दुई जना जनप्रतिनीधि घुस रकम सहित रँगेहात पक्राउ परेका छन् ।
प्रदेश नम्बर २ को सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाको दुई जना जनप्रतिनीधि मोटो रकम सहित रँगेहात पक्राउ परेको हो ।
सोमबार ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडासदस्यद्धय सोनेलाल साह र उमेश रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले रँगेहात पक्राउ गरेको हो ।
वडासदस्य साह र रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत १ लाख ५० हजार रुपैयाँ घुस मागेपछि अख्तियार सक्रिय भएको थियो ।
डेढ लाख रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले दुवै जनालाई डेढ लाख सहितै रँगेहात पक्राउ गरेको हो ।
दुवै जना सो घुस लिसकेको अवस्थामा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट उक्त रकमसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
रँगेहात पक्राउ परेपछि दुवै जनालाई प्रहरीको सहयोगमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासमा ल्याइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…