लालु प्रसाद यादवकी बुहारी साबित्री देवी भारी मतले हारिन
सो ग्राम पँचायतमा अल्ताफ हुसैनले १७६८ भोँट प्राप्त गरेर विजयी भएका हुन् । जहाँकी सावित्री देवीलाई मात्र ७०१ भोँट प्राप्त भयो । हुसैनले ल्याएको कुल भोँटको आधा भोँट कम ल्याएर उनी पराजित भएकी हुन् । उनी चौथो नम्बरमा आएकी हुन् ।

२०७८ कार्तिक २९ सोमबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । छिमेकी मुलुक भारतको बिहार राज्यस्थित भएको पँचायत चुनावमा राष्ट्रिय जनता दल (राजद) का सुप्रिमो लालु प्रसाद यादवकी बुहारी (पुतौह) भारी मतले हारेकी छन् ।
बिहार राज्यको गोपालगँज जिल्लाको फुलबरिया पँचायतबाट मुखिया पदको लागि भाग्य आजमाएकी लालु यादवकी बुहारी सावित्री देवी यादव भारी मतले हारेकी हुन् ।
उनको हारसँगै उनको ग्रामको मुखिया बन्ने सपना पनि पुरा हुन सकेनन् । त्यहाँ सावित्री देवी हारेपछि उनका समर्थकहरुमा मौनता छाएको छ ।
असलमा, राजद सुप्रिमो लालु प्रसाद यादवको ठुला दाई मँगरु यादव (मृत्यू भएको) को छोरा रामानन्द यादवकी श्रीमति सावित्रि देवीले ग्राम पँचायत राज फुलबरियामा मुखिया पदको लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् । पँचायतमा लगातार अभियान पनि चलाएको थियो ।
सो क्रममा उनी प्रचार प्रसार पनि जोडतोड गरेको थियो । तर, यत्रो प्रचारवाजीको बाबजुद पनि उनी हारेपछि उनका समर्थकहरु आईतबारदेखि नै मौन बसेका छन् ।
सावित्री देवीलाई त्यहाँका जनताहरुले नकारेर त्यहीबाट लडेका अल्ताफ हुसैनलाई जिताएको छ । मुखिया पदको लागि फुलबरियाबाट हुसैनलाई भोट दिएर जनताहरुले जिताएको हो ।
सो ग्राम पँचायतमा अल्ताफ हुसैनले १७६८ भोँट प्राप्त गरेर विजयी भएका हुन् । जहाँकी सावित्री देवीलाई मात्र ७०१ भोँट प्राप्त भयो । हुसैनले ल्याएको कुल भोँटको आधा भोँट कम ल्याएर उनी पराजित भएकी हुन् । उनी चौथो नम्बरमा आएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…