जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, प्रहरी सहित तीन जना घाईते !
रुपैठा गएको समूह र त्यहाँ रहेको मुस्लिम समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियो । यता, स्थानीय ओम प्रकाश पण्डितले आफूहरुलाई घरमा प्रवेश गरेर मुस्लिम समुदायका केही व्यक्तिहरुले कुटपिट समेत गरेको बताएका छन् ।

२०७८ कार्तिक २७ शनिबार, दिउँसो ४:५६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित दुई समुदायबीच झडप हुँदा प्रहरी सहित तीन जना घाईते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा शनिबार मुस्लिम र हिन्दु समुदायबीचको विवादले उग्ररूप लिएपछि झडप भएको हो ।
दुई समुदायबीचको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हिन्दु र मुस्लिमबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ ।
यही विवादले उग्ररूप लिँदा र त्यहाँ झडप हुँदा दुई प्रहरीसहित ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माण गर्ने बिषयमा मुस्लिम समुदायले अवरोध खडा गरेपछि भएको झडपमा हिन्दु समुदायका चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज हिन्दुवादी संगठनहरु जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…