धनुषामा दुई बालक वेपत्ता, दुवैको परिवारमा चिन्ता
वेपत्ता भएका रमेश धनुषाकै महेन्द्रनगरस्थित प्रगति शिशु सदन स्कुलमा कक्षा ७ मा पढ्दै गरेका थिए । परिवारमा आमाबुवा सहित दुई दाजुभाई, र दुई दिदी बहिनी रहेको रमेश सबैभन्दा कान्छो रहेको उमेशले बताएका छन् । रमेशका बुवा मदन वैदेशिक रोजगारी

२०७८ कार्तिक २६ शुक्रबार, राति ८:२२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लामा एक हप्ताको भित्रमा दुई जना बालक वेपत्ता भएका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ राघोपुर टोल बस्ने मदन साहका १४ वर्षीय छोरा रमेश कुमार साह विहिवार विहान ९ बजेको वेपत्ता भएका छन् ।
छठ पूजाको विहानको अर्घ सकिएर घरमा गएको र प्रसाद वितरण गरेको केहअी बेरमै घरबाट महेन्द्रनगरतर्फ गएको रमेश वेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।
रमेश वेपत्ता भएदेखि नै खोज तलाश गरेपनि फेला पार्न नसकिएको रमेशको दाई उमेश कुमार साहले बताएका छन् । रमेश वेपत्ता भएदेखि नै आफ्ना सबै आफन्तजन, नातागोता, गाउँघर र रमेशको स्कुल पढ्ने साथीहरुको घरमा समेत खोजिसक्यौं तर फेला पार्न नसकेको रमेशको दाई उमेशले बताएका छन् ।
यता रमेशले आफुले घर छोडेको र आफ्नो सपना सकार पार्न गईरहेको भन्दै कसैलाई पनि नखोज्नु भन्दै एउटा पानामा लेखेर छोडेको कागज रमेशको सिरानीमुनि फेला परेको छ ।
रमेशले सिरानी मुनि लेखेर छोडेको पानामा म जाँदै छु, आफ्नो सपाना पुरा गर्न, मलाई न खोज्नु, बाई बाई भन्दै आफ्नो नाम लेखेर सहि समेत गरेका छन् । रमेश वेपत्ता भएदेखि उनको परिवार चिन्तामा डुबेको छ ।
वेपत्ता भएका रमेश धनुषाकै महेन्द्रनगरस्थित प्रगति शिशु सदन स्कुलमा कक्षा ७ मा पढ्दै गरेका थिए । परिवारमा आमाबुवा सहित दुई दाजुभाई, र दुई दिदी बहिनी रहेको रमेश सबैभन्दा कान्छो रहेको उमेशले बताएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…