छापा मार्न गएका प्रहरीलाई जुवाडेहरुले पोलमा बाँधेर पिटे
तिनले एक प्रहरीलाई घेरेर समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ । ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ।

२०७८ कार्तिक २२ सोमबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तिहारको साँझ जुवा खेलिरहेको जुवाडेहरुलाई पक्राउ गर्न गएका प्रहरीलाई जुवाडेहरुले पोलमा बाँधेर पिटेका छन् ।
छिमेकी मुलुक भारतको बिहारको मोतिहारीमा तिहारको साँझ एक हुल जुवाडेले एक प्रहरीलाई बिजुलीको खम्बामा बाँधेर पिटेका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरुको समूह प्रहरीको बर्दी लगाएका एक व्यक्तिमाथि आक्रमण गरिरहेका देखिन्छन्।
सो घटना छपरा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ। कुटिने प्रहरी सहायक निरीक्षक सीतामा दास हुन्।
गाउँमा विवाद भएको सूचनापछि प्रहरी त्यहाँ पुगेको थियो। तर, त्यहाँ ती व्यक्तिहरु रक्सी खाएर जुवा खेलिरहेका थिए।
तिनले एक प्रहरीलाई घेरेर समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ । ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…