मिर्चैयामा ६ वटा मोटरसाईकल सहित खुश्बु होटलका सँचालक साह पक्राउ
यसका साथै, जुवाडेहरुले आफ्नो मोटरसाईकल छाडेर भागेपछि उनीहरुको मोटरसाईकल मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । धेरै बेरसम्म प्रहरीको अनुरोधमा पनि नखोलेपछि प्रहरीले करिब ४ बजे विहान बल पूर्वक गेट तोडेर भित्र पसेको थियो ।

२०७८ कार्तिक १९ शुक्रबार, दिउँसो ३:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाको मिर्चैया बजारस्थित रहेको खुश्वु होटलका सँचालक सहित ६ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले दीपावलीको राती करिब २ बजेको समयमा मिर्चैयास्थित रहेको खुश्वु होटलमा जुवातास खेलिरहेको सूचनाको आधारमा छापा मार्नको लागि पटक पटक गेट खोल्न आग्रह गरेपनि गेट नखोलेपछि सँचालकलाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले पटक पटक होटलको गेट खोल्न आग्रह गरेपनि उल्टै प्रहरीलाई अपशब्द प्रयोग गरी होटलको गेट खोल्न अटरी गर्दै भित्र जुवा खेलिरहेको जुवाडेलाई भगाउन मदत गरेको भन्दै होटल सँचालक सरोज कुमार साहलाई पक्राउ गरिएको छ ।
मिर्चैया नगरपालिका वडा नम्बर ६ स्थित सँचालनमा रहेको खुश्वु होटलमा गएराती गोप्य सूचना पाएलगत्तै होटल पुगेको प्रहरीलाई गेटमा रोकेर होटल सँचालक साहले जुवाडेहरुलाई पछाडीको गेटबाट भगाएको आरोपमा पक्राउ गरिएको हो ।
यसका साथै, जुवाडेहरुले आफ्नो मोटरसाईकल छाडेर भागेपछि उनीहरुको मोटरसाईकल मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । धेरै बेरसम्म प्रहरीको अनुरोधमा पनि नखोलेपछि प्रहरीले करिब ४ बजे विहान बल पूर्वक गेट तोडेर भित्र पसेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…