उपचुनावः बिहारमा जलेन लालुको जातीवादको लाल्टिन, काँग्रेसको जमानत जफ्त
बिहारको उपचुनावमा काँग्रेसको हालत खराब भयो । दुवै स्थानबाट काँग्रेस चौथो नम्बर बनेर रहयो ।

२०७८ कार्तिक १७ बुधबार, बिहान ९:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । छिमेकी मुलुक भारतको विहार राज्यमा भएको उपचुनावको मत परिणाम आएको छ ।
विहारको कुशेश्वरस्थान र तारापुर विधानसभा सीटमा उपचुनाव भयो । यस उपचुनाको नतिजा समेत आईसकेको छ । काँग्रेसले आफ्नो गठबन्धन राष्ट्रिय जनता दल (आरजेडी) सँग गठबन्धन फुटाउने घोषणा गरिदियो र दुवै सिटको लागि आफ्नो उम्मेदवार उतारे, अब नतिजा आईसकेको छ ।
उपचुनावमा सत्ताधारी जनता दल युनाईटेड (जेडियू) ले दुवै सिटमा आफ्नो कब्जा कायम राख्न सफल भएको छ । दुईटै सिटमा जेडियुलाई आरजेडी (लालु प्रसाद यादव नेतृत्वको पार्टी) ले टक्कर दियो ।
नयाँ पार्टी लोक जनशक्ति पार्टी (रामविलास पासवान)र नयाँ चुनाव निसानको साथ चिराग पासवानले आफ्नो उम्मेदवार मैदानमा उतारेका थिए । चिरागको पार्टी दुवै सिटमा तेस्रो स्थानमा रहेको छ । सबभन्दा खराब स्थिति काँग्रेसको भएको छ ।
काँग्रेसको तर्फबाट चुनाव लडने उम्मेदवार जीत त परको कुरा, आफ्नो जमानत समेत बचाउन असफल रहयो । बिहारमा एक्लै चुनाव लडने दम्भमा रहेको काँग्रेसले आफ्नो जमानत बचाउको लागि आवश्यक परेको भोँट समेत प्राप्त गर्न सकेनन् । चिरागभन्दा पनि कन्हैयाको भोँट खराब रहयो ।
नियम बमोजिम कुनै पनि उम्मेदवारले आफ्नो जमानत बचाउको लागि कुल मतको १६.६६ प्रतिशत भोँट प्राप्त गर्नुपर्छ । कुशेश्रस्थानबाट काँग्रेसको उम्मेदवार अतिरेक कुमारको ४.२७ प्रतिशत मात्र भोँट भयो भने तारापुरका उम्मेदवार राजेश मिश्र मात्र २.१० प्रतिशत भोँट ल्याउन पाए ।
बिहारको उपचुनावमा काँग्रेसको हालत खराब भयो । दुवै स्थानबाट काँग्रेस चौथो नम्बर बनेर रहयो । कुशेश्वर स्थानमा काँग्रेसका प्रत्यासी अतिरेक कुमारलाई कुल भोँट ५६०२ प्राप्त भयो जो कुल भोँट १३०९९६ को मात्र ४.२७ प्रतिशत हो ।
यस्तै, तारापुरबाट काँग्रेस प्रत्यासी राजीव मिश्राले मात्र ३५७० भोँट प्राप्त गरे । जो कुल भोँट १६९४०१ को मात्र २.१० प्रतिशत हो । दुवै स्थानलाई जोडेपनि कुल भोँटको काँग्रेसले मात्र ३.०५ प्रतिशत हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…