धनुषाधाममा रिँगरोड बन्ने, आजै शिलान्यास गरियो
न्यूज ब्यूरो || जनकपुरधाम, ५ चैत्त । धनुषाको ऐतिहासिक महत्व बोकेका धनुषाधाममा रिँग रोड निर्माण हुने भएको छ । आज राष्ट्रपति चुरेसंरक्षणको अध्यक्ष एबम समाजसेवी वीरेन्द्र यादवले रिँगरोडको शिलान्यास गरेका छन् । ऐतिहासिक धार्मिक पबित्र तिर्थस्थल पर्यटकिय नगरी धनुषाधाममा अवस्थित, धनुषाधाम संरक्षित वनको रि

२०७४ चैत ५ सोमबार, राति ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ५ चैत्त । धनुषाको ऐतिहासिक महत्व बोकेका धनुषाधाममा रिँग रोड निर्माण हुने भएको छ ।
आज राष्ट्रपति चुरेसंरक्षणको अध्यक्ष एबम समाजसेवी वीरेन्द्र यादवले रिँगरोडको शिलान्यास गरेका छन् ।
ऐतिहासिक धार्मिक पबित्र तिर्थस्थल पर्यटकिय नगरी धनुषाधाममा अवस्थित, धनुषाधाम संरक्षित वनको रिङरोड शिलान्यास गरिएको हो ।
धनुषाधाम सँरक्षीत वनमा रिँग रोड बन्नेभएपछि छिट्टै प्रदेश स्तरीय चिडियाखाना निर्माण सुकृती पाउने सम्भयता अध्ययन समेत भईसकेको बताइएको छ ।
हाल पयर्टकलाई आकर्षन गर्नका लागि धनुषदह , धार्मिक वाणगङगा ,दुर्लभ जडिबुटी , रमणीयस्थ्ल, ताल ,भिउ टावर ,सेल्फी गार्डन् ,चराचुरुङ्गी , पिकनिक स्थल, स्वर्गद्वार ,अध्यात्मिक एवम् स्वस्थ्य हावा पानी ,धनुषदहमा २ वटा बोटिङ एकमा मोटरयुक्त सहित संचालनमा रहेको छ भने केहि दिनमै मिथिलाको धर्म , संस्कृती , भेषभुसा, र भाषा झल्काउने जगेर्ना संग्रहालयको निर्माण गरिने प्रतिबद्धता जनाइएको छ ।
सँरक्षीत वनमा दुई जनालाई बोक्न सक्ने प्यारासुट उडान गराउने उदेश्य रहेको छ जसले गर्दा यहाँको स्थानीय जिवनस्तर र जीवकोपार्जन तथा मधेस प्रदेशलाई धार्मिक पार्य पार्यटकिय हब बन्नेमा बल्ल र समाजमा परिवर्तन सहित समृद्धि , आर्थिकसामाजिक रूपान्तरण हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा वनपरिषदको अध्यक्ष, सदस्य , वन सहयक अधिकृत शंकर नारायण झा ज्यु, पत्रकार , नागरिक समाजका अगुवा , सरोकारपक्ष सहभागिता थियोे , स्थानीय जग्गा धनी, किशान, युवाहरु सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…