सउदीमा मृत्यूदण्ड सुनाइएका "उमेश" जेलबाटै भन्छ : ' म घर आउँछु -आमा'
विगत १२ बर्षदेखि बन्दी बनाएर जेलभित्रै राखिएको छ ।

२०७४ चैत ५ सोमबार, दिउँसो ३:४१ बजे३ मिनेट पढाइ

काशिन्द्र शर्मा ||
जनकपुरधाम, ५ चैत्त । करिब १२ बर्षदेखि सउदी जेलमा जीवन विताईरहेका धनुषाका उमेश यादव आफ्नी आमालाई कहिलेकाही चोरेर जेलबाटै फोनमा कुरा गर्छन् ।
उमेश फोनमा मात्र ५ सेकेन्ड जति कुरा भन्छ : म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु अनि फोन काटिन्छ । छरछिमेक र आमाबुवाको आँखा त्यतिबे ला रसाएर धुनुधुनु रुनु बाहेक अन्य कुनै माहौल हुँदैन ।
सउदी अरेबीया अदालतले टाउको काटेर २४ घण्टा झुण्डयाउने आदेश गरिसकेको छ, तर कार्यन्व्यन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ बर्षदेखि बन्दी बनाएर जेलभित्रै राखिएको छ ।
धनुषाको साबिक माचि झिटकैया वडा नं. ४ तथा हाल कमला नगरपालिका वडा नं. ३ बस्ने आमा कुमैर देवी र बुवा भोला यादवको साईला सन्तान हुन उमेश ।
गरिबीले सताएपछि विदेशिएका उमेशले सउदीको जिलादीन कम्पनीमा ६ महिना काम गरे । त्यसपछि यो दुर्घटना हुन पुग्यो : पाकिस्तानी कामदारको हत्या ।
४ दाजुभाई रहेका उमेशबाट यस्तो घटना भएपछि सबभन्दा कान्छो भाई दिनेश यादव कहाँ भागेर गए, उमेशका भाई दिनेश पनि सउदीमै वैदेशिक रोजगारीमा रहेको बेला उत्ता उमेशको भाई दिनेशलाई पनि पक्राउ गरी सउदी पोसिले ६ महिना जेलमा राखे ।
६ महिनापछि कम्पनीको पहलमा हिरासतमुक्त भएका दिनेश पुनः आफ्नै गाउँ पुगेर खेतीपाती गरे र अहिले धारापानी कुम्हरामा कामकाज गरी जीवन धानेका छन् र दाजु उमेशको हालात देखेर पुनः कहिल्यै विदेश नजाने प्रतिज्ञा पनि गरेका छन् ।
उमेशका जेठो दाजु शम्भु यादव, महिला दाजु लाले यादव, र सबभन्दा कान्छो भाई दिनेश यादव रहेका छन् ।
४ दाजुभाईमा २ कठ्ठा जमिन मात्र थियो, सउदीमा उमेशलाई सजाय र १२ बर्षदेखि घर नफर्केपछि ३ दाजुभाईले बाँडेर उमेशको भागको सबै बेचबिचखन गरी सकेको अवस्था छ ।
कहाँ छन् उमेशका श्रीमति र छोराहरु ?
सजाय सुनाईका उमेशको दुई छोरा छन् जेठो छोरा कमलेश यादव र कान्छो छोरा हितेष यादव । दुवै छोरालाई लिएर उनका श्रीमति मन्जुदेवी यादव धनुषाको सखुवा महेन्द्रनगरमा काम गरी सन्तान पालेका छन् ।
उनका वुवा भोला यादवले न्यूज ब्यूरोसँग कुरा गर्दै मन्जु आफ्ना छोराहरुलाई लिएर सखुवामहेन्द्रनगरमा उनको भिनाजु दीदीको कहाँ घरको काम सघाएर खान पाएकी छन् ।
बृद्ध बुवाआमा भन्छ, जेलबाटै साथीको मोबाईलबाट कहिलेकाही फोन गर्छन र बढीमा ५ सेकेन्ड कुरा गर्छ उमेश, उ एउटै कुरा भन्छ : 'म घर आउँछु आमा, मेरा छोराहरु कता छन ? यति भन्दैमा फोन काटिन्छ । शायद अरुको मोबाईलबाट चोरेर फोन गर्छन र जेलका सुरक्षाकर्मीले मोबाईल खोस्छन् त्यही भएर यतिको कम कुरा गर्छन उमेश ।
सउदी स्थित रहेको नेपाली दुतावासले पहल थालेको सुनिएको छ तर चासो भने त्यति नलिइएको देखिएको छ । दुतावासले चासो लिए उमेशलाई सुनाइएको सजाय आम माफी हुने पक्का छ ।
पीडित परिवारले ब्लडमनी वापत ७० लाख रुपैयाँ माग गरेको करिब १० बर्ष अघिको कुरालाई उदृत गर्दै उमेशको परिवारीक श्रोतले जनाएको छ । हालाकी यसको पुष्टि भने अधिकारिक निकायले गरेको छैन भने उमेशले भने बमोजिम उनका आमावुवाले बताएका छन् । ब्लडमनी तिरेपछि अदालतलाई उसको परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने लगभग पक्का छ ।
नेपालबाट युवा, मन्त्रालय , दुतावास र समाजिक सँस्थाहरु पहलकदमी गरे उमेश यादव घर आउन पाउने छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…