साउदी अरबमा अलपत्र परेका २३ नेपाली मिथिला एकता समाजको सहयोगमा घर फर्कदै
बिनय यादव, ५ चैत्र । वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब आइपुगी अलपत्र परेका २३ जना नेपालीलाई मिथिला एकता समाजले उद्धार गरेका छन् । करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका २३ पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको

२०७४ चैत ५ सोमबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

बिनय यादव, ५ चैत्र । वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब आइपुगी अलपत्र परेका २३ जना नेपालीलाई मिथिला एकता समाजले उद्धार गरेका छन् ।
करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका २३ पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको छ ।
आकर्षक काम र तलबको प्रलोभनमा परी ८ महिनाअघि दलाल मार्फत उनीहरू साउदी अरब पुगेका थिए । तर, त्यहाँ गएर उनीहरू ठगिए । रोजगारीको निमित्त खाडी गएका उनीहरू काम नपाएपछि बिचल्लीमा परे ।
साउदी अरब स्थित ईम्प्रेटर सोलुशन फर कन्ट्रयाक्टिङ कम्पनीमा प्रिन्स इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिस प्रालिबाट विभिन्न पदमा काम गर्न गएका २३ नेपाली कामदार समस्यामा परेका थिए ।
मिथिला एकता समाजका अभियंता बिन्देश्वर यादवले केहि नेपालीहरु साउदीमा अलपत्र परेको सुनेपछि उनीहरूलाई खोजेर तत्काल आर्थिक सहयोग सहितको उद्धारगरी नेपाली राजदुतावाससँग समन्वय गरेर भौतिक पहल थालेका थिए ।
रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरबमा बस्दै आइरहेका नेपालीहरुको छाता संगठन मिथिला एकता समाजले सहयोगको भावना बोकी निरन्तर सहयोगमा सक्रिय रहेका छन् । समाजले नेपालीहरुलाई विभिन्न ठाउँमा बेलाबेला विपदको समयमा भौतिक तथा आर्थिक सहयोग गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…