पाकिस्तान पहिलो पटक जितेपछि खुसीमा गोली फायरिँग, १२ जना घाईते
पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरयो । जसपछि पाकिस्तानका नागरिकहरु जश्न मनाउनमा व्यस्त भए । कोही सडकमा नाचे त कोही पटाखा फुटाउन समेत व्यस्त भए ।

२०७८ कार्तिक ८ सोमबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टि–२० वल्र्ड कपमा भारत र पाकिस्तानबीच भएको म्याचमा पाकिस्तान जितेपछि खुसीयालीले गोली चलाउँदा १२ जना घाईते भएका छन् ।
आईतबार बेलुकी दुबईमा भएको टि–२० म्याचमा भारत पराजित भएपछि जितेको पाकिस्तानमा खुसियाली मनाउँदा १२ जना घाईते भएको अन्तराष्ट्रिय सँचारमाध्यमहरुले जनाएको छ ।
पाकिस्तान जितेको खुसीमा एक शहरमा गरिएको फायरिँगमा १२ जना घाईते भएको हो । कराचीमा भएको गोलीबारीमा सव–ईन्स्पेक्टर समेत घाईते भएको सँचारमाध्यमहरुले जनाएको छ ।
पाकिस्तान मिडिया हाउन जियो न्यूजले स्थानीय प्रहरीलाई उदृत गर्दै एक सव–ईन्सपेक्टरको साथ साथै १२ जना घाईते भएका छन् । सबै जनालाई गोली लागेको छ ।
कराचीको ओरँजी टाउन सेक्टर–४ र ४ चौराँगी मा अज्ञात ठाउँबाट चलाइएको गोली लागेर दुई जना घाईते भएको हो । प्रहरीको अनुसार, गुलशन ए इकबाल मा एक अपरेशनको क्रममा एक गोली सव ईन्सपेक्टर अब्दुल गनीलाई पनि लागेको हो ।
पाकिस्तानमा गोलीबारीको घटना सचल गोठ, ओरँजी टाउन, न्यू कराची, गुलशन ए इकबाल र मालीर ईलाकामा दर्ता गरिएको पाकिस्तान प्रहरीलाई उदृत गदैै सँचारमाध्यमहरुले जनाएको छ । भारतलाई पहिलो पटक हराएपछि पाकिस्तानी जनता सडकमा उत्रेका थिए ।
पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरयो । जसपछि पाकिस्तानका नागरिकहरु जश्न मनाउनमा व्यस्त भए । कोही सडकमा नाचे त कोही पटाखा फुटाउन समेत व्यस्त भए ।
कैयौँ वर्षदेखि दुःखित बनेका पाकिस्तान पहिलो पटक भारतलाई हराएपछि उनीहरुलको खुसीको सीमा रहेनन् । खुसियाली मनाउन चलाएको गोली लागेर एक दर्जन मान्छे घाईते भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…