जनकपुरको गिरिजा 3D सिनेमाले भारत र पाकिस्तानको म्याच ठुलो पर्दामा लाईभ देखाउने
क्रिकेटका अनुयायीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै गिरिजा सिनेमा हलले भारत र पाकिस्तानबीचको क्रिकेट गेम ठुलो पर्दाबाट देखाउने भएको छ । भोली अक्टोबर २४ तारिख (कार्तिक ६ गते आईतबार) भारत पाकिस्तानको म्याच ठुलो पर्दामा देखाउने भएको छ । यसको लागि जनकपुर र आसपासका क्षेत्रमा र

२०७८ कार्तिक ६ शनिबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको चर्चित गिरिजा चलचित्र मन्दिर (गिरिजा सिनेमा हल) ले भोली आईतबार हुने भारत–पाकिस्तानबीचको क्रिकेट म्याच लाईभ देखाउने भएको छ ।
क्रिकेटका अनुयायीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै गिरिजा सिनेमा हलले भारत र पाकिस्तानबीचको क्रिकेट गेम ठुलो पर्दाबाट देखाउने भएको छ ।
भोली अक्टोबर २४ तारिख (कार्तिक ६ गते आईतबार) भारत पाकिस्तानको म्याच ठुलो पर्दामा देखाउने भएको छ । यसको लागि जनकपुर र आसपासका क्षेत्रमा रहेका क्रिकेटका फ्यानहरुले ठुलो पर्दामा रोज्ने विश्वास लिएका छन् ।

जनकपुरको सिनेमा हलहरुमध्ये उत्तम पिक्चर क्वालीटि दाबी गरेको गिरिजा सिनेमा हलले मोबाईलबाटै पनि टिकट बुकिँग गर्न सकिने जनाएको छ । यसअिघ आईपिएलको लाईभ देखाएको थियो । आईपिएलको क्रममा दर्शकहरुले सिट समेत पाउन सकेको थिएनन् ।
भारत पाकिस्तानबीचको फाईनल गेम र सपोर्टरहरुको उत्साहलाई कम हुन नदिनको लागि डोल्बी डिजिटल साउण्ड सहित ठुलो पर्दामा म्याच देखाउने भएको छ ।
एकजनाले टिकटको लागि रु. १५० रुपैयाँ तिर्नुपर्ने छ । टिकट बुकिँगको लागि 9801670700 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
म्याच आईनतबार बेलुकी ७ः४५ बजेदेखि सुरु हुने जनाउँदै टिकटको लागि आफ्नो सिट सुरक्षित गर्न अपिल समेत सिनेमाले गरेको हो । १० वटा टिकट किन्दा १ टिकट बिल्कुल फ्रि मा दिने सिनेमाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…