बहिर्गमनकोे निर्णयले बेलायत कमजोर : ब्लेयर
न्यूज ब्यूरो - नेपाल || दुबई, ५ चैत । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताउनुभएको छ । ‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिन

२०७४ चैत ५ सोमबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो - नेपाल ||
दुबई, ५ चैत । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताउनुभएको छ ।
‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिनको छलफल कार्यक्रममा बोल्दै ब्लेयरले भन्नुभयो, “इयूबाट बाहिरिने निर्णयले बेलायतको सानमा पक्कै पनि आँच आएको छ ।”
विश्व भूराजनीतिक परिवर्तन पश्चिमबाट पूर्वतिर आकर्षित बनिरहेका समय ब्रेक्जिटको प्रभावलाई हेर्नु जरुरी छ ।
उहाँले थप्नुभयो, “एसियामा आसियन, अफ्रिकामा अफ्रिकी यूनियन, दक्षिण अमेरिकामा मर्कोसर जस्ता शक्तिशाली समूह बनेको बताउदै विश्व एकताको बाटोमा हिँडेका दृष्टान्त दिनुभयो । यो केवल इयूको सवाल मात्र होइन ।”
ब्लेयरले बेलायतको नेतृत्वमा रहेका समय सन् २००३ तिर इयूमा गहिरो राजनीतिक सङ्कट देखिएको थियो । ब्लेयरको नेतृत्वमा बेलायत र अमेरिका मिलेर इराकमा युद्ध शुरु गरेका थिए भने इयूका मुख्य शक्तिराष्ट्र जर्मनी र फ्रान्सले यसको विरोध जनाएका थिए ।
बेलायत ४६ बर्षदेखि इयूको सदस्य रहँदै आएकोमा सन् २०१९ को मार्चसम्ममा यसबाट बाहिरिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…