नेपाली सरोकार

अब कतारमा अवैद्य व्यक्तिले पनि कम्पनी खोजेर काम गर्न पाउने 

कतार सरकारले अवैध कामदारलाई आउने ३१ डिसेम्बर सम्म आममाफी दिने घोषणा यसअघि नै गरिसकेको छ ।

२०७८ कार्तिक १ सोमबार
रति ८:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, कत्तार । कतारमा विभिन्न कारणले अवैध भएका कामदारले कम्पनी खोजेर काम गर्न पाउने भएको छ ।

वर्किङ भिसामा कतार आएपछि कम्पनीले आईडी नदिएको वा विभिन्न कारणले आईडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका व्यक्तिले कम्पनी खोजेर काम गर्न पाउने कतारस्थित नेपाली दूतावासले बताएको छ ।

नयाँ कम्पनीको अफर लेटर र अन्य कागजात सहित मन्त्रालयको कुनै शाखा कार्यालयमा गई निवेदन दिए हालसम्मको जरिवाना तथा सजाय मिनाहा यहाँको आन्तरिक मन्त्रालयबिच भएको कुराकानीबाट थप सूचना आएको दूतावासले जानकारी गराएको छ ।

निवेदन दिनुपर्ने स्थानहरुमा उम सलाल सर्भिस सेन्टर, उम सुनाइम सर्भिस सेन्टर, मिसाइमिर सर्भिस सेन्टर, अल रय्यान सर्भिस सेन्टर र अल वक्रा सर्भिस सेन्टर रहेको छ । 

त्यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा आएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एन्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कने टिकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले बताएको छ ।

कतार सरकारले अवैध कामदारलाई आउने ३१ डिसेम्बर सम्म आममाफी दिने घोषणा यसअघि नै गरिसकेको छ । क्यूएनखवरबाट

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सुबिसु केबलनेटले विवाहपँचमीमा तीनदिनसम्म निःशुल्क मास्क, पानी र औषधी वितरण गर्ने 

  • २०७८ कार्तिक १ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । ईन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले विवाहपँचमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरमा तीनदिनसम्म निःशुल्क हेल्पडेस्क सेवा सँचालन गर्ने भएको छ ।  मँगलबारदेखि नै सुबिसु केबलनेटको जनकपुर शाखाले विवाहपँचमी

पूरा पढ्नुहोस्

Bureau Menus