प्रदेश २ः एक वडाध्यक्ष घुस सहित रँगेहात पक्राउ
वडाध्यक्ष महतोलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाईएको छ ।

२०७८ असोज २४ आइतबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बरको एक स्थानीय तहका एक वडाध्यक्ष घुस सहित रँगेहात पक्राउ परेका छन् ।
प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो १० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।
वडाध्यक्ष महतोले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
महतोलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । उनलाई आईतवार नियन्त्रणमा लिएको जनाइएको छ ।
वडाध्यक्ष महतोसँगै सोही कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई समेत अख्तियारले रँगेहात पक्राउ गरेको हो । दुवै जनालाई एकसाथ पक्राउ गरेको बताइएको छ ।
वडाध्यक्ष महतोलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…