जनप्रतिनीधिको कु–शासन

प्रदेश २ः एक वडाध्यक्ष घुस सहित रँगेहात पक्राउ 

वडाध्यक्ष महतोलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाईएको छ ।

२०७८ असोज २४ आइतबार
बेलुकी ७:५१ बजे
न्यूज ब्यूरो, डेस्क
यो तस्विर गुगलबाट लिएर साँकेतिक प्रयोजनको लागि मात्र प्रयोग गरिएको छ ।

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बरको एक स्थानीय तहका एक वडाध्यक्ष घुस सहित रँगेहात पक्राउ परेका छन् । 

प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो १० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।

वडाध्यक्ष महतोले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।

महतोलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । उनलाई आईतवार नियन्त्रणमा लिएको जनाइएको छ ।

वडाध्यक्ष महतोसँगै सोही कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई समेत अख्तियारले रँगेहात पक्राउ गरेको हो । दुवै जनालाई एकसाथ पक्राउ गरेको बताइएको छ । 

वडाध्यक्ष महतोलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाईएको छ ।

  • 11%
  • 33%
  • 0%
  • 0%
  • 0%
  • 22%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७८ असोज २४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus