धनौजी गाउँपालिकाका यी वडाध्यक्षले आफ्नै श्रीमतिलाई अध्यक्ष बनाएर लाखौँ लुटे
यसका साथै, मस्जिदको नाममा २० लाख रुपैयाँ बिना कामकै रकम निकासा गरेका छन् ।

२०७८ असोज २४ आइतबार, बेलुकी ७:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको धनौजी गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै श्रीमतिलाई समितिको अध्यक्ष बनाएर लाखौ रुपैयाँ निकासा गरेका छन् ।
आईतबार योजना र नीति विपरित कार्य गरेको भन्दै स्थानीयहरुले धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालमा तालाबन्दी गरेको हो । सोही क्रममा प्रदर्शनकारीहरुले धनौजी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कलिम साफीले योजना विपरित कार्य गरी लाखौँ रुपैयाँ झ्वाम्म पारेका छन् ।
भडरियास्थित रहेको वडा कार्यालयमा तालबन्दी गर्दै स्थानीयहरुले आर्थिक बर्षमा विभिन्न योजनाहरुमा कामै नगरी लाखौ रुपैयाँको निकासा गरेको आरोप लगाएको हो । विभिन्न शिर्षकको रकम कामै नगरी निकासा गरेको बताइएको छ ।
वडाध्यक्ष साफीले केही महिनाअघि मात्र आफ्नो घरमा लगेको वडा कार्यालयको ४ बर्षको भाडा असुलेका छन् । “उनले केही महिनाअघि मात्र आफ्नो घरमा वडा कार्यालय सारेका छन् । यसअघि त साढे ३ बर्षदेखि कार्यालय नै थिएनन् । गाउँपालिकाकै कार्यालयमा काम हुन्थ्यो । तर, ४ बर्षको घर भाडा भनेर रकम लिएका छन् ।”– एक स्थानीयले बताए ।
वडाध्यक्ष साफीले भडरियास्थित रहेको गणेश मन्दिर नजिकै माटो पुर्ने कार्य योजना र कागजमै सिमित राखेर रकम निकासा गरिलिएका छन् । यसका साथै, वडास्तरीय चापाकल (कल) वितरणको नाममा समेत २० लाख रुपैयाँ निकासा गरेको छ । सोही कल वितरण नै नगरी सँस्थाको नामबाट आफ्नै छोरालाई सबै चापाकल दिएर विक्री गरेको आरोप समेत लगाएको छ ।
यसका साथै, मस्जिदको नाममा २० लाख रुपैयाँ बिना कामकै रकम निकासा गरेका छन् । मस्जिदको छत मात्र ढलान गरी कुल कार्य देखाएर सबै रकम झिकेका छन् । सोही मस्जिद निर्माणको लागि वडाध्यक्ष साफीले आफ्नै श्रीमतिलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर सबै रकम झवाम्म पारेको आरोप स्थानीयहरुले लगाएका छन् ।
साफीले भैरब स्थानमा कामै नगरि ४ लाख रुपैयाँ निकासा गरेको पाइएको छ । धनौजी गाउँपालिका वडा नम्बर ४ तरही टोलको १० लाख रुपैयाँको बजेट अर्कै स्थानीय तह (विदेह नगरपालिका) को वडा नम्बर ९ मा मस्जिद बनाउन खर्च गरेको आरोप समेत स्थानीयहरुले लगाएका छन् ।
वडाध्यक्ष साफीले तरकारी खेतीको नाममा गाउँपालिबाट वितरण गरिने भनिएको बिउ बिजनको नाममा किसानको समेत १ लाख रुपैयाँ खाएको आरोप लगाइएको छ । स्थानीय एक क्लबको फर्निचरको नाममा पनि एक लाख रुपैयाँ निकासा गरेको आरोप छ । निकासा गरेपनि न किसानले नत क्लबले नै कुनै समान प्राप्त गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…