अफगानिस्तानमा २९ तालिबान मारिए
न्यूज ब्यूरो || एजेन्सी, अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ । “सुरक्षा फौजले तालिबान ल
२०७४ चैत ४ आइतबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
एजेन्सी, अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ ।
अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ ।
“सुरक्षा फौजले तालिबान लडाकूहरुलाई लक्षितगरी युद्धक विमानबाट आक्रमण गरेको थियो,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ, ।
हेल्मण्ड प्रान्तको गेरेशक, नाडाली, नाहर इ साराज, सङगीन र मार्जाह जिल्लामा शनिबार आक्रमण भएको र त्यसमा परी २९ जना तालिबान लडाकू मारिएका छन् ।
सुरक्षाकर्मीहरुले लडाकूका हातहतियार तथा विस्फोटक पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् । यस घटनाका बारेमा तालिबान लडाकूहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…