समाजिक समाचार

ब्यूटिपार्लरभित्रै २० बर्षिय युवति र सालनालसहितको शिशु फेला, घटना रहस्मयी 

उनले घटना सम्बन्धमा अनुसन्धान भैरहेको बताउँदै सुनसरी प्रहरी सत्यतथ्य बाहिर ल्याउन लागिपरेको बताए ।

२०७८ असोज १७ आइतबार
बिहान ०७:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी । प्रदेश नम्बर १ को सुनसरी जिल्लास्थित यतिबेला एक घटना रहस्मयी बनेको छ । यो इनरुवाको हो। बन्द कोठा, फुटाइएको ताला अनि चुकुल लगाइएको कोठा भित्र सालनाल सहितको नवजात शिशु र आमा भेटिनु । 

सो कारण समेत उक्त घटनालाई रहस्यमय मानिएको छ । साथै शंकास्पद समेत । इनरुवा १ पूर्व टोलको सो घटनाको विषयमा स्वयं प्रहरी समेत आश्चर्य चकित छ । तथापि, उसले सूक्ष्म अनुसन्धान थालिएकाले घटनाको यथार्थता भने चाँडै बाहिर ल्याइने बताएको छ ।

आखिर के हो त घटना । आउनुस त्यसतर्फ नियालौं । (प्रहरीका अनुसार)
घटना मंगलबार रातीको हो । घटनास्थल इनरुवा १ मा पर्ने ब्यूटीपार्लरको कोठा ।कोठा बाहिरबाट चुकुल लगाइएको हुन्छ । चुकुल खोलेर कोठा भित्र हेर्दा रक्ताम्य अवस्थाकी युवती र नवजात शिशु भेटिन्छिन ।

सालनाल काटिएको शिशु तौलियामा बेरेर एक कुनामा राखिएको हुन्छ । छेउमै प्रसव पीडा सहेकी युवती रक्ताम्य अवस्थामा लम्पसार अवस्थामा भेटिन्छिन । घटना प्रकृति हेर्दा अन्दाजी २० वर्षीया युवतीले सोही कोठामा बच्चा जन्माएको अकडल काटिन्छ ।

घरभेटीले अघिल्लो दिनको दैनिकी सकाएर ताला लगाएको कोठा भित्र सुत्केरी अवस्थाकी युवती र नवजात शिशु भेटिएका हुन्छन । सो बारेमा स्वयं घरभेटीले प्रहरीमा खबर गर्छिन ।

घरभेटीलाई उद्दृत गर्दै दिइएको जानकारी अनुसार तल्लो तल्लामा रहेको ब्युटीपार्लरमा काम सकेर ताला लगाइएको हुन्छ । सँगै त्यसअघिको चेन गेट र मूल गेट समेत बन्द गरिन्छ ।

सबैतिर तालाचाबी लगाएर माथिल्लो तल्लामा सुतेकी घरभेटीले बिहान तल आउँदा रक्ताम्य देखछिन । चेन गेट खोलिएको हुन्छ । चाबी तोडिएको हुन्छ । पार्लरको कोठा बाहिरबाट चुकुल लगाएको अवस्थामा भित्र अञ्जान शिशु र र सुत्केरी अवस्थाकी युवती भेटिन्छन ।

हो–हल्ला हुन्छ । खबर पश्चात घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पार्छ । शिशु र आमालाई उपचारकालागि इनरुवा अस्पताल पुर्याइन्छ ।आमा र शिशुको अवस्था सामान्य रहेकाले उपचार पश्चात सेफ हाउस पठाउने तयारी हुँदै गर्दा पहिचान खुल्छ । 

अस्पतालमै कार्यरत कर्मचारीले गरेको पहिचानका आधारमा सुत्केरी किशोरीको माइती पक्षबाट आमा र भाई अस्पताल पुग्छन ।स्वास्थ्य अवस्था सामान्य बनेपछि प्रहरीले युवतीसँग सोधपुछ थाल्छ । 

सो क्रममा युवतीको घर गढी गाउँपालिका भन्ने खुल्छ । उनले आफु माइती नजाने बताउछिन । आमा र बच्चालाई घर पुर्याएर अभिभाकको जिम्मा लगाइन्छ । युवतीको श्रीमान भने रोजगारीका क्रममा पञ्जाबमा रहेको खुल्छ ।

प्रहरीले युवती सँगको सोधपुछका क्रममा थप खुलेको विषय भनेको घटनास्थलमा युवती पुग्नु अघि उनी कोही पुरुषसँग थिइन । स्वयं युवतीले बच्चा जन्मिनु भन्दा केहि घण्टा अघि आफ्नो साथमा कोही पुरुष व्यक्ति रहेको प्रहरी समक्ष बताएकी छिन ।

त्यसका अलावा उनले प्रहरीलाई इनरुवाकै कुनै एक रेष्टुरेण्टमा आफुलाई बियर खुवाइएको जानकारी समेत दिएकी छिन । यद्यपि, ति युवतीले उक्त व्यक्तिलाई भने आफुले नचिन्ने भनेकी छिन ।

बियर खाएर केही समय पुरुषसँग बिताएको बताएकी युवतीले पीडा असह्य हुन थालेपछि मोटरसाइकलमा हालेर आफुलाई त्यहाँ ल्याएर छाडिएको बताएकी छिन । 

त्यसपछि भने उनले खुल्लै रहेको चेनगेट र भित्री ढोका खोलेर कोठामा पसेको र त्यहीं बच्चा जन्मिएको बताएकी छिन । प्रहरीका अनुसार अन्य कुरा भने केही खुल्न सकेको छैन ।

प्रहरी निरीक्षक मिना राईका अनुसार घटना प्रकृति जटिल र जेलिएको छ । सुत्केरी अवस्थाकी युवती रक्ताम्य अवस्थामा अर्काको घरको बन्द कोठामा भेटिनु पूर्णतया आश्चर्यजनक रहेको राईको बुझाई छ ।

प्रसव अवस्थामा उनी कसरी त्यहाँ पुगिन, कसले र किन त्यो घरमा पुर्यायो । बन्द रहेको भनिएका सबै ढोका खोलिनु, ताला फुटाइनु र नगद समेत हराउनु सामान्य कुरो नभएको उनको भनाई छ । 

राईले नयाँ प्रकृतिको घटना देखिएकाले समेत सो विषयलाई विभिन्न एङ्गलबाट अनुसन्धान थालिएको बताइन । यता, सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले समेत घटनालाई विलकुलै नौलो र आश्चर्यजनक प्रकृतिको रहेको बताएका छन । 

उनले घटना सम्बन्धमा अनुसन्धान भैरहेको बताउँदै सुनसरी प्रहरी सत्यतथ्य बाहिर ल्याउन लागिपरेको बताए ।

समाचारमा उल्लेख गरिएको होटल, घरभेटी र केही अन्य विषय प्रशंग भने गोपनीयता र अनुसन्धानसँग जोडिएको विषयवस्तु भएकाले खुलाइएको छैन ।


पूर्वेलीन्यूजमा समाचार प्रकाशित छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७८ असोज १७ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus