जनकपुरः किशोरीलाई होटेलमा लगी दुई दिनसम्म बलात्कार गरेको आरोप
सोही स्थान बस्ने अन्दाजी बर्ष २५ को एक युवक (नाम गोप्य) ले किशोरीलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

२०७८ असोज १४ बिहीबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक किशोरीलाई दुईदिनसम्म बलात्कार गरी होटेलमै छाडेर भागेको आरोप परिवारजनले लगाएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढीस्थित आफ्नो सानीआमा (मौसी) को घर आएकी १६ बर्षिय किशोरीलाई सोही स्थान बस्ने एक युवकले उनलाई अपहरण शैलीमा जनकपुर होटेलमा लगेर बलात्कार गरी छाडेर भागेको आरोप उनको सानीआमाको छ ।
गत असोज ३ गते धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ हडबारा बस्ने किशोरीलाई सानीआमाकै घरबाट ललाई फकाई लगेर बलात्कार गरेको आरोप लगाइएको छ । सोही स्थान बस्ने अन्दाजी बर्ष २५ को जीतेन्द्र कुमार महराले किशोरीलाई बलात्कार गरेको आरोप लगाइएको छ ।
स्थानीय अरुण महराको मोटरसाईकल लिएर किशोरीलाई जनकपुरको होटेलसम्म लगेको पीडित किशोरीलाई उदृत गर्दै उनकी सानीआमा सनेचरी देवी महराले बताइन् । आरोपित युवक भदौ ६ गतेदेखि नै फरार रहेको बताइएको छ ।
जानकारी अनुसार, उनीहरु दुवै जना सहमतिमै गाउँबाट भागेको तथा जनकपुरमा दुई दिनसम्म यौनसम्बन्ध राखेर किशोरीलाई होटलमै छाडेर भागेपछि परिवारजन प्रहरीलाई गुहारेको हो ।
किशोरीलाई अहिले ओरेक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा राखिएको बताइएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने अनभिज्ञता प्रकट गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…