भयँकर दुर्घटनाः ट्रकभित्र गाडी पस्दा ६ जनाको घटनास्थलमै मृत्यू, ४ गम्भिर !
जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट (आरईईटी) को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ ।

२०७८ असोज ९ शनिबार, बिहान ११:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । गाडी अनियन्त्रीत भएर ट्रकलाई ठक्कर दिएपछि एक गाडीमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ ।
छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी सोही ठाउँमै ६ जनाको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । सोही गाडीमा सवार १० जनामध्ये ६ जनाको मृत्यू भएको तथा अन्य ४ जना गम्भिर घाईते भएका छन् । उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ ।
जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट (आरईईटी) को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…