जनकपुरः श्रीमान पिसाब फेर्न जाँदा युवति बस स्टैण्डबाटै बेपत्ता, डेढ महिनादेखि भेटिएनन
उनको बुवाका अनुसार, पर्वतामा देखिएपछि अहिले सँगीता पनि सोही क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।

२०७८ असोज ८ शुक्रबार, राति ९:५० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको सिमराढीकी एक महिला विगत डेढ महिनादेखि बेपत्ता भएकी छिन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १० सिमराढी बस्ने जीतन शर्माकी अन्दाजी बर्ष २२ की श्रीमति सँगीता ठाकुर विगत डेढ महिनादेखि बेपत्ता भएकी छिन् । उनी धनुषाको बीरेन्द्रबजारबाटै बेपत्ता भएको बताइएको छ ।
गत साउन २० गते कानको उपचार गराएर फर्कने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बीरेन्द्रबजार (राजमार्ग) बस स्टैण्डमा ओर्लेकी थिइन् । श्रीमान जीतन शर्मा समेत उनीसँगै थिए ।
बीरेन्द्रबजार स्थित उनको दिदीको घर भएकोले पुनः भोलीपल्ट लहान जानको लागि सहज हुने भन्दै सँगीताले आज दिदीकै घरमा बस्ने जिद्द गरेकी उनका बुवा कुशे ठाकुरले जानकारी दिए । सँगीताले दिदीकै घरमा बस्ने हठ गरेपछि श्रीमान जीतनले उनलाई दुई थप्पड हानेपछि समान्य झगडा भएको थियो ।

सोही झगडापछि जीतन पिसाब फेर्न जाँदा सँगीता त्यहाँबाट बेपत्ता भएको बताइएको छ । पिसाब फेरर जितन बस स्टैण्डमा आउँदा सँगीता देखिएनन् । धेरै खोजबिन गरेपनि सँगीता नदेखिएपछि कतै भागेको अनुमान गरिएको छ ।
साँझ ५ बजे बस स्टैण्डमै रहेका दुवै जनाबीच समान्य झगडा हूँदा सँगीता कतै भागेको बताइएको छ । कानको समस्या लिएर लहान उपचार गराउन गएकी सँगीता उपचार गराएर फर्कने क्रममा बेपत्ता भएको बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…