किसानको दमकल बेचेको भन्दै मेयरले कर्मचारी कुटे , मेयर भन्छन्–'सिसिटिभी फुटेज चेक गरियोस्'
उनले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै दमकल जम्मा गर्न भनेपछि नगरेको र केही बेरमा किसानहरुले उनीमाथि खनिएको बताए ।

२०७८ असोज ८ शुक्रबार, बेलुकी ६:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी दमकल र बोर्डिङग बेचेको आरोपमा एक कर्मचारीमाथि कुटपिट गरिएको घटना बाहिरिएको छ ।
धनुषाको विदेह नगरपालिकाका कृषी बाली शाखाका शाखा प्रमुख चन्देश्वर ठाकुरलाई विदेह नगरपालिकाका मेयर बेचन दास र उनका दुई जना मान्छे मिलेर कुटपिट गरेको आरोप लगाइएको छ ।
शुक्रबार करिब २ः३० बजेको समयमा विदेह नगरपालिकाको कृषी शाखामा बसेको बेला प्रमुख ठाकुरसँग सालभरि भएको कामको कमिशन माग्न जाँदा ईन्कार गरेपछि कुटपिट गरेको आरोप प्रमुख ठाकुरले लगाएको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा गरेको कृषी सम्बन्धी विभिन्न कार्यहरुको लागि मेयर दासले १२ लाख रुपैयाँ कमिशन मागेको बताइएको छ । यता, ठाकुरले कमिशन नदिने भनेपछि उनलाई मेयर बेचन दासले कुटपिट गरेको आरोप लगाएका छन् ।
“सुरुमा कार्यकक्षमा पसेर मसँग १२ लाख रुपैयाँ माग्नुभयो । मैले त्यस्तो केही काम नगरकोले कमिशन कहाँबाट र किन दिने भनेपछि कामहरुको फाईल माग्नुभएको थियो । आफूले फाईलहरु हाकिम साप कहाँ राखेको भनेपछि एकाएक मेयर साहब र उनका दुई जना अँगद राय र सत्रुधन राय नामक व्यक्ति कुटपिट गर्न थाल्यो ।”– उनले भने ।
यता, नगरपालिकाका मेयर बेचन दासले कृषीका प्रमुख ठाकुरमाथि कुनै हातपात वा कुटपिट नभएको प्रतिक्रिया दिएका छन् । उनले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै दमकल जम्मा गर्न भनेपछि नगरेको र केही बेरमा किसानहरुले उनीमाथि खनिएको बताए ।
मेयर दासका अनुसार, किसानसँग साँझेदारी गरेर ५६ वटा दमकल र ५६ बोर्डिँग तथा ८० वटा स्प्रे मेसिन किनेकोमा साँझेदारी गरिएकोलाई एउटा नै दमकल वा बोर्डिँग नदिएको भन्दै सबै समानहरु जम्मा गर्न भनेपछि अझै जम्मा नगरेको हो ।
वडा नम्बर ५ मा २० वटा दमकल, ४० वटा स्प्रे मेसिन र २० वटा दमकल दिने गरी सिफारिस गरेकोमा आफू काम विशेषले काठमान्डौँ जाँदा सबैलाई वितरण गर्न भनेपनि अझै वितरण नगरी दमकल, बोर्डिँगहरु बेचेको आरोप मेयर दासले लगाएका छन् ।
यसका साथै, अन्य सबै वडामा २÷२ वटाका दरले किसानसँगको साँझेदारी गरी वितरण गर्न आदेश दिएपनि अझै वितरण नै नगरी स्टोरबाट दमकल, स्प्रे मेसिन, बोर्डिँङगहरु गायब भएको दाबी गरेका छन् । सोही क्रममा आफू समान जम्मा गर्न भनेपछि समान्य विवाद भएको बताउँदै उनले कुटपिट गरिएको प्रमाणित गर्न चुनौति समेत दिए ।
उनले भने,–“कार्यालयको सबै शाखामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्मको सबै सिसिटिभी फुटेज चेक गरियोस् । त्यसमा हामीले कतै कुनै हातपात, कुटपिट गरेका छौँ भने कानुन बमोजिम सजाय भोगौला ।”
यसका साथै, मेयर दासले कृषी अधिकृत ठाकुरले कार्यालय नआउने तथा एक दिनमै चोरेर सबै हाजिरी गरेपछि आफू त्यसको खोजबिनको लागि उनलाई बोलाएको मात्र स्वीकारे । उनले कर्मचारी ठाकुरलाई कुटपिट नगरेको दाबी गरे ।
यता, कृषी प्रमुख ठाकुरले आईतबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिने तयारी गरेको बताए । मेयर बेचन दास र उनका दुई अँगरक्षक भनिने अँगद राय र सत्रुधन रायमाथि गरी तीनै जना उपर कुटपिटको जाहेरी दिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…